Follow us:


Follow us

११ असार २०८३, बिहिवार
११ असार २०८३, बिहिवार


एसीसी यू–१६ इस्ट जोन क्रिकेट कपमा नेपालकाे ह्याट्रिक

एक्सन खबर
असार, १९, २०८०


एसीसी यू–१६ इस्ट जोन क्रिकेट कपमा नेपालकाे ह्याट्रिक

मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनले हराउँदै नेपालले उपाधिमाथि ह्याट्रक गरेकाे हो ।

काठमाडौं, १९ असार । नेपालले एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनले हराउँदै नेपालले उपाधिमाथि ह्याट्रक गरेकाे हो ।

यसअघि नेपालले २०१७ र २०१९ मा पनि यू १६ को उपाधि जितेको थियो । यसअघिका दुई संस्करण यू१६ रिजनको नामले थिए । नेपालले दिएको २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा मात्र ३१ रन बनाएर आउट भयो  । नेपालका अभिषेक तिवारीले ५ तथा सन्तोष यादवले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा पूरै ३५ ओभर खेल्दै २५२ रन बनाएको थियो । नेपालका लागि नरेन भट्टले ८९ बलमा अविजित ११२ रन जोडेका थिए ।

निरजकुमार यादवले ४७, सन्तोष यादवले २६,  सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दिपु कुमारले ५, क्याप्टेन अभिशेक तिवारीले ४, आशिष लुहारले २ र प्रतिक भट्टराईले एक रन बनाएका थिए ।

मलेसियाका लागि मोहम्मद अक्रमले १० रन बनाउँदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । मलेसियाका मोहम्मद अकरमले तीन तथा हजिक हाइकल, अरिन अक्ल र मुहम्मद फथुल मुइनले समान एक/एक विकेट लिए ।













0 प्रतिकृया