Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु

एक्सन खबर
असार, २०, २०८०


फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु

न्यूयोर्क, २० असार । अमेरिकाको फिलाडेल्फियामा अज्ञात व्यक्तिले धेरैलाई गोली हानेका छन् । प्रहरीका अनुसार घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।

फिलाडेल्फिया प्रहरी विभागका प्रवक्ताले धेरै मानिसलाई गोली लागेको बताएका छन् । यद्यपि यस विषयमा थप जानकारी प्राप्त भएको छैन । तर प्रहरी प्रवक्ता मिगुएल टोरेसले सीएनएनसँग संदिग्धलाई हिरासतमा लिइएको र एउटा हतियार पनि बरामद गरिएको बताएका छन् ।

यता, एपी रिपोर्टका अनुसार प्रहरी प्रवक्ता जस्मिन रेलीले छ जना पीडितहरूलाई प्रेस्बिटेरियन मेडिकल सेन्टरमा लगिएको जानकारी दिएका छन् । दुईलाई फिलाडेल्फियाको बाल अस्पतालमा पठाइएको छ । घाइते हुनेमा बालबालिका समेत रहेको अनुमान गरिएको छ ।

प्रहरीले बुलेट प्रुफ भेस्ट लगाएका एक व्यक्तिलाई पक्राउ गरेको छ र एउटा राइफल र एक ह्यान्डगन र गोलाबारुदको थप म्यागजिनहरू पनि एउटा गल्लीबाट बरामद गरेको छ । गन वाइलेन्स आर्काइभका अनुसार अमेरिकामा यो वर्ष अहिलेसम्म ३३९ वटा सामूहिक गोलीकाण्ड भएका छन् ।













0 प्रतिकृया