Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


केएमसीमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा.अरुण सायमीले दिनथाले सेवा

एक्सन खबर
साउन, १, २०८०


केएमसीमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा.अरुण सायमीले दिनथाले सेवा

काठमाडौं, १ साउन । बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीले आजबाट काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार सेवा सुरु गरेका छन् । चार दशक अघिदेखि मुटुरोगीको उपचारमा सक्रिय प्रसिद्ध डा.सायमी केएमसीमा आवद्ध भएर उपचार सेवा सुरु गरेका हुन् ।

उपचार सेवालाई थप स्तरीय बनाउँदै लगेको केएमसीले डा.सायमीलाई भित्र्याएर मुटुरोग विभागको सेवालाई थप मजबुत बनाएको केएमसीका अध्यक्ष सोइना शर्माले जानकारी दिइन् ।

शहीद गंगालाल ह्दय केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका सायमीले २१ वर्ष प्रधानमन्त्रीको निजी चिकित्सकको रुपमा काम गरेका थिए । डा.सायमीको प्रवेशसँगै केएमसीको मुटु विभागमा विशेषज्ञ डाक्टरहरूको थप मजबुत टिम बनेको अस्पतालका जेनेरल मेनेजर नारायण दाहाल बताउँछन् ।

केएमसीको मुटु विभागमा प्रा.डा.सञ्जय श्रेष्ठ, डा.आदित्य महासेठ लगायत विशेषज्ञ डाक्टरहरू पनि कार्यरत छन् । बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.राजेश नेपाल र डा.सहदेव ढुंगानाले पनि सेवा दिने गरेका छन् । डा.सुनिल शर्माको प्रवेशसँगै स्तरीय सेवा सुविधा विस्तारलाई तीव्रता दिएको केएमसीले अहिले पनि त्यसलाई जारी राखेको छ । मुटु विभागको सेवामा पनि निकै सुधार गरिएको छ ।

केएमसीले करिब छ महिना अघिबाट अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ पनि सञ्चालन गरेको छ । न्युरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने प्रविधिसहितको सो क्याथल्याब नेपालमै पहिलो पटक सञ्चालन गरिएको हो ।













0 प्रतिकृया