इरानमा कुरान जलाएको बिरोधमा स्वीडेनको दुतावासमा आगजनी
एक्सन खबर
बगदाद, ४ साउन । इराकको राजधानी बग्दादमा रहेको स्वीडेनको दूतावासमा हमलाको घटना बाहिर आएको छ । बिहीबार सयौं प्रदर्शनकारीले स्वीडेनको दूतावासमा आगजनी गरेका छन् ।
घटनासँग परिचित एक प्रत्यक्षदर्शीले बताए अनुसार सयौं प्रदर्शनकारीहरूले बिहीबार बग्दादमा स्वीडेनको दूतावासमा अचानक आक्रमण गरे र त्यसको केही समय पछि आगजनी पनि गरेका थिए । दूतावासका कुनैपनि कर्मचारीलाई क्षति नभएको स्रोतले जनाएको छ । भने, बगदादमा स्वीडेनको दूतावासका अधिकारीहरूले घटनाको प्रतिक्रिया दिएका छैनन् ।
स्वीडेनमा इस्लाम धर्मको पवित्र ग्रन्थ कुरान जलाइए पछि आक्रोशित भीडले दुतावासमा आगजानी गरेका हुन् । केही हप्ताको सो घटनापछि मुस्लिम समुदायले स्विडेनविरुद्ध निरन्तर आक्रोश पोख्दै आएका छन् । यसका कारण सिया धर्मगुरु मुक्तादा अल सद्रका समर्थकहरूले बगदादमा विरोध प्रदर्शनको आह्वान गरेका छन् ।
आक्रमणको भिडियो एक लोकप्रिय टेलिग्राम च्यानलमा साझा गरिएको छ जसलाई मुक्तादा अल सद्रलाई समर्थन गरेको छ । जसमा स्थानीय समय अनुसार बिहीबार बिहान करिब १ बजे सयौंको संख्यामा उपस्थित व्यक्तिले दूतावासमा आक्रमण गरेको देखिन्छ ।
त्यसपछि भीडमा उपस्थित केही व्यक्तिले दूतावासमा आगजनी गरेका थिए । सामाजिक सञ्जालमा आएको भिडियोमा दूतावास परिसरको एक भवनबाट धुवाँ उठेको देखिन्छ ।
0 प्रतिकृया