Follow us:


Follow us

९ वैशाख २०८३, बुधवार
९ वैशाख २०८३, बुधवार


त्रिभुवन विमानस्थल भन्सार प्रमुखकाे जिम्मेवारी टाेकराजलाई

एक्सन खबर
साउन, ९, २०८०


त्रिभुवन विमानस्थल भन्सार प्रमुखकाे जिम्मेवारी टाेकराजलाई

काठमाडौं, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुखबाट अरुण पोखरेललाई हटाएर सहसचिव टोकराज पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

एक साताअघि एक सय किलो सुन बरामद भएको प्रकरणले चर्चा पाइरहेका बेला अर्थ मन्त्रालयले पोखरेललाई हटाएर विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी पाण्डेलाई जिम्मेवारी दिएको हो ।

गत आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका पाण्डेले विमानस्थल प्रमुखको जिम्मेवारी पाएका हुन् । प्रमुखको जिम्मेवारीमा रहेका पोखरेल २ महिनादेखि छुट्टीमा छन् । पोखरेल बिदामा रहेकै बेला ३ साउनमा विमानस्थल पार गरेर करिब एक क्विन्टल सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
 













0 प्रतिकृया