Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


‘लघुवित्तबाट कर्जा लिएपछि तिर्नुपर्दैन भन्ने भ्रममा नपराै’ संस्थापक अध्यक्ष भगबती चाैधरी

एक्सन खबर
भदौ, १८, २०८०




‘लघुवित्तबाट कर्जा लिएपछि तिर्नुपर्दैन भन्ने भ्रममा नपराै’ संस्थापक अध्यक्ष भगबती चाैधरी

काठमाडाैं, १८ भदाै । मुलुकको गरिबी निवारणका लागि फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष भूमिका खेलेको संस्थाकी संस्थापक अध्यक्ष भगबती चौधरीले बताउनु भएकाे छ । काठमाडौंमा भएको एक कार्यक्रममा बाेल्दै संस्थापक अध्यक्ष चौधरीले मुलुककाे गरिबी निवारणमा टेवा पुर्याउनुका साथै महिलाहरूमा वित्तीय पहुँच पुर्याएर उनीहरूलाई स्वाबलम्बी समेत बनाएकाे बताउनु भयाे ।

मुलुकको गरिबी, अशिक्षा, स्वास्थ्य सचेतनाका क्षेत्रमा आफुले सक्दो प्रयास गरेको चौधरीको भनाई छ । गरिबी निवारणका लागि लघुवित्तका माध्यमबाट ग्रामिण महिला दिदिबहिनीहरुलाई वित्तिय क्षेत्रमा जोड्न सफल भएको उनको भनाई छ । लघुवित्तकै कारण ग्रामिण महिला दिदीबहिनीहरुको जीवन सहज भएको उनको दावी छ ।

‘लघुवित्त कार्यक्रमबाट महिलाहरुले जीवीकोपार्जनदेखि परिवारको हरेक सपना पुरा गरेका छन् । छाेराछाेरीहरूलाई राम्राे स्कुलमा पढाएका छन् । घरजग्गा, सम्पत्ति जाेडेका छन् । ग्रामिण अर्थतन्त्रकाे मेरूदण्ड नै हाे लघुवित्त कार्यक्रम ।’ प्रतिनिधि सभा सदस्य समेत रहेकी चाैधरीले भन्नुभयाे । लघुवित्तको मूल उद्देश्य भनेकै गरिबीको अन्त्य सँगै महिलाहरुलाई उद्यमी बनाउनु रहेको चौधरीको भनाई छ ।

लघुवित्त कार्यक्रममा जाेडिएर नै महिलाहरूमा वित्तीय साक्षरता बढेकाे र उनीहरू उद्यमी बनेर सुखी र खुसी जीवन व्यतित गर्न सफल भएकाे अध्यक्ष चौधरीको भनाई छ । ‘विना धितो लघुवित्त क्षेत्रले महिला दिदीबहिनीहरुलाई कर्जा प्रवाह गर्दा गरिखान सहज भएको छ, छाेराछाेरीहरूलाई राम्रा स्कुलमा पढाएका छन् । श्रीमानकाे कमाइमा मात्र भर पर्नु परेकाे छैन । साथै, महिला स्वराेजगार भएकैले कतिपय घरेलु हिंसा समेत कम भइरहेका छन् ।’ चाैधरीले भन्नुभयाे ।

लघुवित्तको महत्व बुझि यसका खराब पक्ष हटाउन सबै पक्ष लाग्नुपर्नेमा चाैधरीले जाेड दिनुभयाे । पछिल्लो समय लघुवित्तका सन्दर्भमा नकारात्मक विषयहरू बढी आएको र यसलाई नियन्त्रण गर्न आफनो दायीत्व रहेको उनको भनाई छ । चौधरीले लघुवित्तको ऋण तिर्नुपर्दैन भन्ने भ्रम हटाउन आग्रह समेत गर्नुभयाे ।

‘लघुवित्तबाट कर्जा लिएपछि तिर्नुपर्दैन भन्ने भ्रममा नपराै, लघुवित्त संस्थाहरूमा आम सर्वसाधारणले एक एक पैसा बचत गर्नुभएकाे छ । ऋण नतिर्दा ती सदस्यहरूकाे बचत पनि जाेखिममा पर्दछ ।’लघुवित्त सबैको साझा संस्था भएकोले यसको सदुपयोग गर्न चाैधरीले आग्रह गर्नु भएकाे छ ।













0 प्रतिकृया