Follow us:


Follow us

११ जेठ २०८३, सोमवार
११ जेठ २०८३, सोमवार


मध्यपुर ठिमीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
भदौ, २७, २०८०


मध्यपुर ठिमीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, २७ भदौ । काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सिनामंगलस्थित केएमसीले मध्यपुर ठिमीमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

जयपुर बहुउद्देशिय सहकारी संस्थाको २३ औं स्थापना दिवसको अवसरमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ९६३ जना बिरामीको स्वास्थ्य जाँच गरिएको थियो । शिविरमा १२४ जनाको इसिजी, २०१ जनाको ल्याब परीक्षण तथा १८९ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा २२ जनाँको दाँत खोलिएको थियो भने, ३७ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको थियो ।

शिविरमा केएमसीका जनरल मेडिसिन, प्रसुति तथा स्त्री रोग, बाल रोग, शल्य क्रिया, मानसिक तथा नसा रोग, हाडजोर्नी, छाला तथा यौन रोग, नाक कान घाँटी, आँख रोग, दन्त रोग विभागका चिकित्सकहरुले सर्वसाधारणको स्वास्थ्य जाँच गरेका थिए ।

स्वास्थ्य शिविरबाट ओ.टी. रेफर भएका बिरामीको उपचार गर्दा केएमसीले विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने गरेको छ । अस्पतालका स्वास्थ्य सेवाहरुलाई आम सर्वसाधारणको माझ पुर्याउन निरन्तर निःशुल्क स्वास्थ्य शिविर चलाईएको केएमसीकी कार्यकारी अध्यक्ष सोइना शर्माले बताइन् । केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य डा. सुनिलकुमार शर्माले अस्पतालको स्वास्थ्य सेवालाई जनस्तरमा पुर्याउन निःशुल्क स्वास्थ्य शिविर थालेका थिए ।
















0 प्रतिकृया