Follow us:


Follow us

१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार


१९औँ एशियाली खेलकुद आजदेखि, २५३ जना नेपाली खेलाडी प्रतिस्पर्धामा

एक्सन खबर
असोज, ६, २०८०




१९औँ एशियाली खेलकुद आजदेखि, २५३ जना नेपाली खेलाडी प्रतिस्पर्धामा

काठमाडौं, ६ असोज । १९औँ एशियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । चीनको हाङ्झाउमा आजदेखि असोज २१ गतेसम्म आयोजना गरिएको एसियाली खेलकुद प्रतियोगितामा विश्वका ४५ देशको सहभागिता हुनेछ ।

प्रतियोगिताको उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सहभागिता जनाउँने कार्यक्रम छ । प्रधानमन्त्री अमेरिकाको न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा सहभागी भएर त्यतैबाट चीन गएका छन् ।

प्रतियोगितामा पहिलाे पटक सबैभन्दा धेरै खेलाडीले सहभागिता जनाउँदैछन् । नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरुष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसाे त, यो एशियाडमा इतिहासकै धेरै खेलाडीहरुले पनि सहभागीता जनाउदै छन् ।

१९ औं एसियाली खेलकुद उद्घाटन समारोहमा हुने मार्चपासमा एसियाली स्वर्णपदक धारीद्वय निमा घर्तीमगर र वीरबहादुर महराले नेपालको झन्डा बोक्ने छन् । निमाले पछिल्लो दुई संस्करणको दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जितेका छन् भने, वीरबहादुरले पछिल्लो सागमा स्वर्ण जितेका छन् ।

नेपाली समय अनुसार आज राती पौने ८ बजे सुरु हुने उद्घाटन समारोह हाङ्झाउ ओलम्पिक सेन्टरमा दुइ घण्टा चल्नेछ । उद्घाटन समारोह सुरु नहुँदै पुरुष भलिबल, टेबल टेनिस र महिला फुटबल सुरु भइसकेका छन् ।
















0 प्रतिकृया