Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


काठमाडाैं महानगरपालिकाले हरेक वर्ष १५ हजारलाई तालिम, पाँच हजारलाई राेजगारी दिने

एक्सन खबर
असोज, २१, २०८०


काठमाडाैं महानगरपालिकाले हरेक वर्ष १५ हजारलाई तालिम, पाँच हजारलाई राेजगारी दिने

काठमाडाैं, २१ असाेज । काठमाडौं महानगरले महानगरको बेरोजगार समस्यालाई ३ वर्ष भित्र समाधान गर्ने गरि रोजगारी र आयवृद्धि काठमाडौंको सम्बृद्धि गौरब योजना तथा श्रम बैंक स्वर्णिम योजना सञ्चालनमा ल्याएको छ । महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौं महानगरको सम्बृद्धि गौरब योजना अन्तर्गत उक्त कार्यक्रम ल्याएका हुन् ।

हरेक बर्ष कम्तिमा १५००० जना लाई सीपमुलक तालिम दिने र कम्तिमा ५००० नयाँ रोजगारी सृजना गर्ने लक्ष्यका साथ रोजगारी र आयवृद्धि काठमाडौको सम्बृद्धि गौरब योजना ल्याइएको मेयर बालेन शाहले जनाएका छन् । उनकाअनुसार महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाई एउटै प्लेटफर्ममा ल्याइ श्रम बैंकको स्थापना गरि रोजगारीको अवसर बढाउने र रोजगारदाताहरू लाई सीप युक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्य सहित श्रम बैंक स्वर्णिम योजना सञ्चालनमा ल्याइएको हो ।

महानगरका स्थायी बासिन्दा ,महानगरका करदाताहरु तथा महानगर भित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरु श्रम बैंकमा आबद्द हुन सक्ने भनिएकाे छ । श्रम बैंकमा आबद्द भएका दक्ष कामदारहरु लाई अन्तर्वार्ता तयारिका साथ सोझै काममा लगाउने, अर्धदक्ष जनशक्ति लाई स्किल अपग्रेडका लागि तालिम दिई काममा लगाउने, अदक्ष कामदार हरुलाई रोजगारी र आयवृद्धि काठमाडौंको सम्बृद्धि गौरब योजना मार्फत तालिम दिई सीपयुक्त जनशक्ति निर्माण गरि रोजगार तथा स्वरोजगार सृजना गर्ने
महानगर को उद्देश्य रहेको छ ।

यस्तै, श्रम बैंकमा आबद्द जनशक्तिलाई महानगर भित्रै पूर्वाधार विकास, वातावरण संरक्षण, सरसफाई, सामाजिक विकास लगाएतका क्षेत्रहरुमा आन्तरिक व्यवस्थापन गर्ने, महानगर जब पाेर्टल मार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था, प्राइभेट कम्पनी, संघ संस्था, अन्तरास्ट्रिय संघ संस्थाहरूसँग जाेड्ने, महानगरको श्रम बैंक एप मार्फत पार्ट टाइम जबको रुपमा सबै सेवाहरु घण्टाका आधारमा तथा पटकेका रुपमा जुन सुकै कामहरु गर्न मिल्ने व्यवस्था मिलाइने उल्लेख छ ।

महानगरले सबै किसिमका कामदारहरुलाई काम गर्दाका बखत अनिवार्य इन्सुरेन्स गरिदिने, गौरबको योजना मार्फत विभिन्न १५ स्थानहरुमा महानगरको आफ्नै ट्रेनिंग सेन्टरको स्थापना गरि बाह्रै महिना बिहान देखि साँझ सम्म रेगुलर तालिम सञ्चालन गर्ने त्यसकाे लागि महानगरले बजार मुखी पाठ्यक्रम निर्माण समेत गरिरहेकाे जनाइएकाे छ ।

नीजि क्षेत्र, सरकारी, गैरसरकारी क्षेत्र, उद्योग कल कारखाना, व्यवसायहरुका लागि आवस्यक जनशक्ति माग भई आएमा सोहि क्षेत्रको आवस्यकता अनुसार तालिम दिई दक्ष कामदार पठाउने व्यवस्था मिलाइएको मेयर बालेन शाहले भनेका छन् ।

महानगरले सिप बिकास तालिम लिनका लागि अनलाइन मार्फत वा काठमाडौ महानगरपालिका कार्यलय तथा वडा कार्यलयहरुबाट फर्म भर्न सक्ने व्यवस्था गरेकाे छ । साथै महानगर भित्र सञ्चालित विभिन्न जब एजेन्सीहरु र तालिम प्रदायक संस्थाहरुको नियमित अनुगमन समेत यसै परियोजना मार्फत गरिने जनाइएकाे छ ।

महानगरले तयार गरेको जब पोर्टल र सबै सेवाका लागि निर्मित कामदार जस्तै श्रम बैंक एपको open api हाल सञ्चालनमा रहेका अन्य नीजि कम्पनिका सोहि प्रकृतिका एपहरुलाई निःशुल्क उपलब्ध गराइनेछ ।













0 प्रतिकृया