Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


हमासकाे आक्रमणमा परी इजरायलमा १० जना नेपालीहरूको मृत्यु

एक्सन खबर
असोज, २१, २०८०


हमासकाे आक्रमणमा परी इजरायलमा १० जना नेपालीहरूको मृत्यु

काठमाडौं, २१ असोज । इजरायलमा हिजो शनिबार भएको आक्रमणमा परि १० जना नेपालीको मृत्यु भएको छ । प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु भएको हाे ।

मृत्यु हुनेमा नारायणप्रसाद न्यौपाने कैलाली, गणेशकुमार नेपाली बझाङ, आषिश चौधरी, कैलाली, दिपेशराज बष्ट, दार्चुला, आनन्द शाह धनुषा, राजेशकुमार स्वर्णकार सुनसरी, राजन फूलारा डोटी, पदम थापा डोटी, प्रवेश भण्डारी सल्याण र लोकेन्द्र सिंह धामी दार्चूला रहेका छन् । सो घटनामा अन्य ७ जना घाइते रहेको बताइएको छ । इजरायल र हमासविच अहिले पनि लडाईं जारी छ ।

सरकारले अहिलेसम्म इजरायलमा रहेका नेपालीलाई सचेत रहन र घटनाबारे जानकारी दिन विज्ञप्ति जारी गरेकाे छ । इजरायलका नेपाली राजदूत कान्ता रिजालले १० जना नेपालीको मृत्यु भएको बताएकी छन् ।  परराष्ट्र मन्त्रालयका तर्फबाट आधिकारिक विज्ञप्ति जारी भइ सकेको छैन ।













0 प्रतिकृया