Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


इजरायलकाे बंकरमा रहेका नेपाली विद्यार्थीकाे अपिलः विन्ति छ उद्दार गरिदिनु ! (भिडियाे सहित)

एक्सन खबर
असोज, २२, २०८०


इजरायलकाे बंकरमा रहेका नेपाली विद्यार्थीकाे अपिलः विन्ति छ उद्दार गरिदिनु ! (भिडियाे सहित)

काठमाडाैं, २२ असाेज । इजरायलमाथि स्लामिक प्यालेस्टानी समुह हमासले शनिबारदेखि लगातार आक्रमण गरेपछि १० जना नेपाली विद्यार्थीकाे ज्यान गइसकेकाे छ । सुदुरपश्चिम विश्वविद्यालयबाट कृषि शिक्षा अध्ययनका लागि पुगेका ३९ विद्यार्थी मध्ये केही विद्यार्थीहरू बंकरमा बसेर ज्यान जाेगाइरहेकाेमा एक भिडियाे सन्देश मार्फत उद्दारकाे अपिल गरेका हुन् ।

सुदुरपश्चिम विश्वविद्यालयका विद्यार्थी विपिन सुवेदीले बंकरबाट एक भिडियो सन्देशमार्फत् छिटोभन्दा छिटो उद्दार गरिदिन सरकारसँग आग्रह गरेका छन्। उनीसँगै बंकरमा पाँच जना रहेको र बंकरमा पनि मिसाइल खस्छ कि भन्ने त्रासमा बसेको बताएका छन् ।

'म यो भिडियो नबनाउने स्थितिमा थिए । घरकालाई पीडा हुन्छ भनेर भिडियो नबनाउने भनेका थियौँ । तर अहिले घरभन्दा माथि उठेर बनायौँ ।बंकरमा बस्न थालेका तीन दिन भयो । दूतावासले केही गर्छ कि भनेर पर्खिएर बसेका छौँ । मृत्यु भएका १० जनाको हारगुहार सम्झिरहेका छौँ । रातभरी निन्द्रा लाग्दैन । बंकरमा त बचेका छौ भन्ने भएको होला । तर यहि बंकरभित्र नै आएर क्रुरतापूर्वक मार्‍यो भने । बिन्ती हाम्रो उद्दार गरिदिनु ।' सुवेदीले भिडियाेमा भनेका छन् ।



उनले भारतले आफ्ना नागरिक लगिसक्दा नेपालले भने आफूहरुलाई वास्ता नगरेको बताएका छन् । '३९ जनामा १० जनालाई त हामीले गुमाइसक्यौं, अन्यलाई त उद्दार गर्न त सकिन्छ होला नी । सरकारको मिटिङ भइरहेको छ भन्ने कुरा हमीलाई सुनाउनु पर्दैन । राज्यले यो गरिरहेको छ त्यो गरिरहेको छ हामीलाई सुन्नु छैन । हामी बंकरमा बसेको पनि त तीन दिन भयो त्यो पनि बुझदिनु', उनले भनेका छन् ।

आक्रमणमा कति नेपाली हताहत भए अहिलेसम्म सरकारले यकिन तथ्यांक दिन सकेकाे छैन । प्रधानमन्त्रीले आज अपरान्ह ४ बजे मन्त्री परिषद् बैठक र त्यसपछि सर्वदलीय बैठक बाेलाएका छन् ।

आक्रमणमा परि मृत्यु हुनेमा नारायणप्रसाद न्यौपाने कैलाली, गणेशकुमार नेपाली बझाङ, आषिश चौधरी, कैलाली, दिपेशराज बष्ट, दार्चुला, आनन्द शाह धनुषा, राजेशकुमार स्वर्णकार सुनसरी, राजन फूलारा डोटी, पदम थापा डोटी, प्रवेश भण्डारी सल्याण र लोकेन्द्र सिंह धामी दार्चूला रहेका छन् । सो घटनामा अन्य ७ जना घाइते रहेको बताइएको छ । इजरायल र हमासविच अहिले पनि लडाईं जारी छ ।













0 प्रतिकृया