Follow us:


Follow us

१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार


इजरायलबाट काठमाडौं आइपुगे २५४ जना नेपाली

एक्सन खबर
असोज, २६, २०८०




इजरायलबाट काठमाडौं आइपुगे २५४ जना नेपाली

काठमाडौं, २६ असोज । प्यालेस्टाइन अतिवादी समुह हमासकाे  आक्रमणमा ज्यान बचाउन सफल इजरायलमा रहेका २५४ नेपाली स्वदेश ल्याइएकाे छ । सरकारले नेपाल एयरलाइन्सको विमानबाट बुधबार राति २५४ जना नेपाली काठमाडौं ल्याइपुर्याएकाे हाे ।

नेपाली नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद स्वयं विमान लिएर इजरायल पुगेका थिए । काठमाडौं आएपछि परराष्ट्रमन्त्री साउदले नेपालीहरुलाई सुरक्षित राख्न इजरायल सरकार समर्पित देखिएकाे जनाए । ‘इजरायल सरकार त्यहाँ भएका नेपाली र अरु विदेशीलाई सुरक्षित राख्न सतर्क र समर्पित पाएको छुु ।’ इजरायलमा रहेका नेपालीहरुको उद्धारका लागि आवश्यकता अनुसार पुनः विमान पठाइने भन्दै मन्त्री साउदले बताए ।

मन्त्रिपरिषद्ले व्यावसायिक फ्लाइटबाट आउनेहरुको टिकट खर्च व्यहोर्ने र चार्टर विमान पनि पठाउने निर्णय गरेको साउदकाे भनाइ छ । इजरायलमा रहेका नेपालीहरूकाे सुरक्षार्थ र सकुशल स्वदेश फर्काउन सरकार सजग रहेकाे उनले बताए ।

हमास समूहको आक्रमणमा परेर दश जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने एक जना विद्यार्थी अझै सम्पर्कविहीन छन् । परराष्ट्र मन्त्रालयले इजरायलमा करिब ४ हजार ५०० नेपाली रहेको अनुमान गरेको छ ।















0 प्रतिकृया