Follow us:


Follow us

१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार


महासंघलाई विवादरहित बनाउन अध्यक्षमा विवादरहित श्रेष्ठको उम्मेदवारी

एक्सन खबर
असोज, २८, २०८०




महासंघलाई विवादरहित बनाउन अध्यक्षमा विवादरहित श्रेष्ठको उम्मेदवारी

काठमाडाैं, २८ असाेज । गैह्र आवासीय नेपाली महासंघ चुनावी माहोलमा होमिएको छ । गैह्र आवासीय नेपाली महासंघको वर्तमान उपाध्यक्ष महेशकुमार श्रेष्ठले संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएपछि यसको चर्चा अझ बढी चुलिएको हो ।

यसको तयारी र संघका अभियन्ताहरूसँग भलाकुसारी गर्दै अगाडि बढेका उनले युरोप, मध्यपूर्व र अष्ट्रेलिया लगायतका मूलुकमा रहेका एनआरएनए अभियन्ताहरूसँगको भेट, साथ र समर्थन समेटेपछि अहिले काठमाडौँमा आएर एनआरएनएको चुनावमा होमिएका छन् ।

त्यसो त, पदमा रहँदा होस या नरहँदा नै किन नहोस्, महेशकुमारले आफ्नो तर्फबाट निभाएको सामाजिक अभियानको भूमिका र सक्रियताको सधै चर्चा हुँदै आएको छ । ‘संघसँग आबद्द रहनुभएका र यो संस्थासँग आबद्द नरहँदा पनि सामाजिक अभियानका निमित्त लागि पर्दै आउनुहुने प्रबासी नेपाली र सामाजिक अभियन्ताहरूको सल्लाह र सुझाब बोकेर नै मैले अध्यक्ष पदमा उठ्ने निधो गरेको हुँ । मलाई सधै साथ समर्थन मिलेको र आगामी दिनमा पनि मिल्ने बिश्वास लिएको छु,’ उनले भने ।

गैह्र आबासीय नेपाली संघको आगामी ११ औं महाधिवेशनका लागि अध्यक्ष पदका उम्मेदवार श्रेष्ठले आफू आगामी नेतृत्वका लागि जिम्मेवारी लिन उत्साहित रहेको बताए । संघको वृत्तमा शालिन, भद्र र स्वच्छ छविको परिचय बनाएका श्रेष्ठको अध्यक्ष पदमा उम्मेदवारी रहेको चर्चाले बजारमा नयाँ तरङ्ग पैदा गरेको छ । संघको कोषाध्यक्ष हुँदै हाल उपाध्यक्ष रहेका उनले अध्यक्ष पदको उम्मेदवारीले सर्बत्र सकारात्मक सन्देश प्रवाह गरेको पाइएको छ ।

श्रेष्ठले कोषाध्यक्ष रहँदा संघलाई आर्थिक रूपमा सबल बनाउनुका साथै वित्तीय सुधारमा गरेको कामको आज पनि प्रशंसा हुने गरेको छ । उनी जापान र नेपालमा सफल व्यवसायी मानिन्छन् । सफल व्यवसायीको परिचय बनाएका महेशकुमार श्रेष्ठले हाईड्रो, बैंकिङ, रेमिट्यान्स, कृषि, आईटी, इन्सुरेन्स, आयात–निर्यात, भौतिक पूर्वाधारलगायत बिभिन्न व्यवसायिक क्षेत्रमा आफ्नो दह्रो उपस्थिति जनाउँदै आएका छन् ।

हल्ला र चर्चा भन्दा पनि काम, कर्तब्य र आफूले निभाउनुपर्ने भूमिका अनि पुरा गर्नुपर्ने कर्तब्यप्रति सजग रहँदै आएका श्रेष्ठको उम्मेदवारीलाई लिएर यतिबेला सही पद सही ब्यक्तित्वको रूपमा चरितार्थ गर्न थालिएको छ । ‘कोषाध्यक्ष हुँदा उहाँले संघको सचिवालय मार्फत् हुने आय व्यय ३–३ महिनामा सार्वजनिक गरेर राम्रो काम गर्नुभएको थियो । सस्थालाई कहिले पनि बिबादमा ल्याउनुहुन्न र यस्तो संस्था बिबादरहित हुनुपर्छ भन्ने उहाँको धारणा र विचारको सबैले खुलेर प्रशंसा गर्ने गरेका छन्,’ महेशकुमारको बारेमा उनीसँग सहकार्य गरेका एनआरएनए अभियन्ता तथा उपमहासचिवका उम्मेदवार सोमनाथ सापकोटाले भने ।

कोषाध्यक्ष पदमा उम्मेदवारी दिँदा संघको आर्थिक व्यवस्थापनलाई पारदर्शी बनाउन गरेको प्रतिबद्धता पूरा गरेका उनले बोली र व्यवहारमा देखाएको कटिबद्दताले देखाएको परिणाम साँच्चै उल्लेखनीय रहेको थियो । उनलाई सबैलाई समेटेर अनि सबै वर्ग, तह, तप्काका साथै विविध पेशा र क्षेत्रमा लागेकाहरूलाई संगठित गर्दै सबै पक्षसँग समन्वय र सहकार्य गर्न सक्ने गजबको क्षमता र दक्षता भएको ब्यक्तिको रूपमा लिईंने गरिन्छ ।













0 प्रतिकृया