Follow us:


Follow us

१९ असोज २०८१, शनिवार
१९ असोज २०८१, शनिवार


पेट्राेलमा ११ रूपैंया डिजलमा ५ रूपैंया घट्याे

एक्सन खबर
असोज, २८, २०८०


पेट्राेलमा ११ रूपैंया डिजलमा ५ रूपैंया घट्याे

काठमाडौं, २८ असोज । पेट्राेल र डिलमा मुल्य घटेकाे छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ । डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँमा झरेकाे निगमले जनाएकाे छ ।

यसअघि उपत्यकामा तेश्राे वर्ग अन्तरगत पेट्राेल १८३ रूपैंया र डिजल १७३ रूपैंया रहेकाे थियाे ।














0 प्रतिकृया