रकेट आक्रमणमा परि गाजाको अस्पतालमा ५०० जनाको मृत्यु
काठमाडौं, कार्तिक । इजरायल र प्यालेस्टाइनी सिमा क्षेत्र गाजा स्थित एक अस्पतालमा इजरायली सेनाले रकेट आक्रमण गर्दा ५ सय जनाकाे मृत्यु भएकाे छ । प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीचकाे लडाइँमा इजरायलले अस्पतालमा आक्रमण गरेकाे हाे ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो लडाइँमा हालसम्म दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएका छन् । इजरायली सेनाले मंगलबार राति अबेर गाजाको एक अस्पतालमा आक्रमण गरेको दाबी गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इजरायली सेनाले नभई हमासले नै अस्पतालमा आक्रमण गरेको जिकीर गरेका छन् ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले अस्पतालमा आक्रमणको दोष इस्लामिक जिहादमाथि लगाएको थियो । ‘इजरायलमाथि थुप्रै रकेट प्रहार भएका थिए, त्यसैमध्येको एउटा रकेटले गाजाको अस्पताललाई निशाना बनाइयो । हामीसँग रहेको गुप्त सूचनाका अनुसार अस्पतालमा भएको रकेट आक्रमणका लागि इस्लामिक जिहाज आतंकवादी संगठन जिम्मेवार छ ।’ फाेर्सले भनेकाे छ ।
अल-अहली अल-अरबी बाप्टिस्ट अस्पतालमा इजरायलको युद्धबाट विस्थापित भएकाहरूले आश्रय लिइरहेका थिए । इजरायलको स्वास्थ्य मन्त्रालयले आक्रमणमा परी ५०० जनाको मृत्यु भएको बताएको छ ।
0 प्रतिकृया