प्रतिनिधि सभाकाे बैठक बस्दै, यस्ताे छ कार्यसूची
एक्सन खबर
काठमाडाैं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जनाएकाे छ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरु तथा संयुक्त राष्ट्र संघका महासचिवको सम्बोधन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।
यसैगरी, अर्थमन्त्री प्रकाशशरण महतले ‘बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । अर्थमन्त्री महतले नै ‘बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ प्रस्तुत गर्ने, ‘भन्सार विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘भन्सार विधेयक, २०८०’ प्रस्तुत गर्ने कार्यसूची छ ।
आजकै बैठकमा परराष्ट्र मन्त्री एनपि साउदले ‘विमस्टेक वडापत्र अनुमोदन सम्बन्धी प्रस्ताव’ पेश गर्ने कार्यसूची रहेकाे सचिवालयले जनाएकाे छ ।
0 प्रतिकृया