Follow us:


Follow us

१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार


नाेबेलद्वारा विश्वकपमा छनाैट हुने नेपाली क्रिकेट टाेलीलाई १५ लाख दिने घाेषणा

एक्सन खबर
कार्तिक, १५, २०८०




नाेबेलद्वारा विश्वकपमा छनाैट हुने नेपाली क्रिकेट टाेलीलाई १५ लाख दिने घाेषणा

काठमाडाैं, १५ कार्तिक । सरकारले राष्ट्रिय खेलाडीहरूकाे ब्यवस्थापन तथा प्राेत्साहन गर्न नसकिरहेकाे अवस्थामा नीजि क्षेत्रकाे नाेबेल शिक्षण अस्पतालले क्रिकेट टाेलीका लागि लाखाैंकाे पुरस्कारकाे घाेषणा गरेकाे छ । सांसद डाक्टर सुनिल कुमार शर्माकाे नाेबेल मेडिकल कलेज शिक्षण अस्पतालले नेपालमा जारी टी–२० विश्वकपमा घरेलु टोलि (नेपाल) छनोट भए १५ लाख रुपैयाँ पुरस्कार दिने घाेषणा गरेकाे हाे ।

कलेजले एक सूचना जारी गर्दै  घरेलु टाेली विश्वकपमा छनाैट भए १५ लाख रूपैंया नगद पुरस्कार दिने घोषणा गरेको हो । कलेजका प्रमुख कार्यकारी अधिकारी डा भोगेन्द्रप्रसाद उपाध्यायद्वारा जारी विज्ञप्तिमा टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिता जिते थप ५ लाख दिने भनिएकाे छ ।

त्यसाे त, डा. शर्माकाे नाेबेल शिक्षण अस्पतालले क्रिकेट खेलाडीहरूकाे  विगतदेखि नै निःशुल्क तथा सहुलियत शुल्कमा स्वास्थ्य उपचार गर्दै आइरहेकाे छ ।

नेपाल सहित ८ राष्ट्र सम्मिलित आईसीसी टी–२० विश्वकप छनोट एशिया क्षेत्रमा नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । नेपालले भाेली बिहीबार समूह चरणको अन्तिम खेल ओमानसँग खेल्ने तथा शुक्रबार हुने सेमिफाइनलमा जित हात पारे अर्को वर्ष अमेरिका र वेष्टइण्डिजमा हुने टी–२० विश्वकपमा पुग्नेछ ।

नेपालले सन् २०१४ यता विश्वकप खेल्न सकेको छैन । यसपटक नेपाललाई टी–२० विश्वकप छनोट एशिया क्षेत्रको उपाधिको दाबेदारका रुपमा हेरिएको छ ।

विश्वकप छनाैट खेलिरहेकाे नेपाली टाेलीलाई पुरस्कार दिने क्रम बढेकाे छ । अर्ना बियरले पुरस्कार दिन थालेपछि बुधबार मात्रै डिशहोमले पनि पुरस्कारकाे घोषणा गरेको छ । उसले जारी प्रतियोगिताका खेलका लागि शतक हान्ने नेपाली खेलाडीलाई १० लाख रुपैयाँ दिने घोषणा गरेको छ । यस्तै एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङका लागि ५० हजार रुपैयाँ दिने डिएच फाइबर नेटले जनाएको छ ।














0 प्रतिकृया