Follow us:


Follow us

१८ मंसिर २०८०, सोमवार
१८ मंसिर २०८०, सोमवार


नेपाल आइसीसी टी २० विश्वकपमा छनौट

एक्सन खबर
कार्तिक, १७, २०८०




नेपाल आइसीसी टी २० विश्वकपमा छनौट

काठमाडौं, १७ कार्तिक । नेपाल आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा छनौट भएको छ । मुलपानी क्रिकेट मैदानमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा स्थान बनाउन सफल भएको हो ।

निर्धारित २० ओभरको खेलमा युएईले दिएको १३४ रनको मध्यम लक्ष्य नेपालले  १७.१ ओभरमा २ विकेटको क्षतीमा पुरा गर्यो । नेपालले अब २०२४ मा वेस्ट इण्डज र युएसएमा हुने टी २० विश्वकप खेल्नेछ ।

युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाउँदा ५० बलमा ६ चाैका र २ छक्का प्रहार गरे । त्यस्तै कप्तान रोहित पौडेलले २१ बलमा ३ चाैका र १ छक्काकाे मद्दतमा ३५ रन बनाए । खेलमा गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन बनाए ।

पहिले ब्याटिङ गरेको युएईकाे महत्वपूर्ण ३ विकेट नेपालका कुशल मल्लले  लिए । उनले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिएका थिए । खेलमा सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिए ।

यस्तै त्रिवि खेल मैदान किर्तिपुरमा भएको बहराइन र ओमान विचकाे खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ । ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै विश्वकपमा स्थान बनाएकाे हाे ।

आईसीसी मेन्स टी-२० विश्वकप २०२४ मा कुल २० टिमले प्रतिस्पर्धा गर्नेमा नेपाल र ओमान छनोट भएपछि १८ टोली छनोट भइसकेका छन् । आगामी २० नोभेम्बर देखि १ डिसेम्बरमा नामिबियामा हुने अफ्रिका क्वालिफायर फाइनलबाट दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् ।

अहिलेसम्म वेष्ट इन्डिज र अमेरिका आयोजकको रुपमा सीधै छनोट भइसकेका छन् । २०२२ को टी-२० विश्वकपमा शीर्ष आठमा रहेका अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सीधै छनोट भइसकेका छन् ।

आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र क्यानडाले टी-२० विश्वकप रिजनल क्वालिफायर्सबाट टी-२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् भने, टी-२० विश्वकपपछि वरियतामा माथि रहेका आधारमा बंगलादेश र अफगानिस्तानले पनि स्थान सुरक्षित गरेका छन् ।


















0 प्रतिकृया