नाेबेलद्वारा त्रियुगा नगरपालिकामा मुटु रोग सम्बन्धि दुई दिने निःशुल्क स्वास्थ्य शिविर
माेरङ, २१ कार्तिक । विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग र त्रियुगा नगरपालिका वडा नम्बर ८ को आयोजनामा त्रियुगा नगरपालिका वडा नंं ८ स्थित दनुवार सामुदायिक भवनमा दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
स्थानिय वडाबासीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै वडा कार्यालयको अनुरोधमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका मुटु रोग विशेषज्ञ सहितको चिकित्सा टोलीद्वारा मुटु रोग सम्बन्धि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
कार्तिक २० गते सोमबार एक कार्यक्रमका विच त्रियुगा नगरपालिका नगर प्रमुख बसन्तकुमार बस्नेतले उद्घाटन गरेकाे शिविरमा त्रियुगा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष राजकुमार राउत लगायतका पदाधिकारीले मन्तव्य राख्दै नाेबेलले जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गरेकाेमा धन्यवाद दिए ।
शिविरमा मुटु सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुसान्त कटुवाल, डा. दिपकराज वराल र डा. निशा याक्सो सहितको टोलीले ३२५ जनाको स्वास्थ्य परीक्षण गरेकोमा ११७ जना महिला र १२८ जना पुरुष बिरामीहरु रहेका थिए । उक्त अवसरमा ३२५ जना बिरामीको निःशुल्क इकोकार्डियोग्राम र ७० जनाको ई. सि. जि. गरिएको थियो ।
नोवेलले मुटु रोगीहरुलाई स्थानिय स्तर मै निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा दिने उद्देश्यले विभिन्न स्थानहरुमा मुटु रोग विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।
माेरङ क्षेत्र नं. ३ का संघीय सांसद समेत रहेका नाेबेलका सञ्चालक डा. सुनिल कुमार शर्माले जनतालाई घरघरमा स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविर चलाएका हुन् । नाेवेलकाे स्वास्थ्य शिविरबाट गाउँगाउँमा रहेका गरिब, असहाय, विपन्न, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लाभान्वित भइरहेका छन् ।
0 प्रतिकृया