Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


नाेबेलद्वारा त्रियुगा नगरपालिकामा मुटु रोग सम्बन्धि दुई दिने निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
कार्तिक, २१, २०८०


नाेबेलद्वारा त्रियुगा नगरपालिकामा मुटु रोग सम्बन्धि दुई दिने निःशुल्क स्वास्थ्य शिविर

माेरङ, २१ कार्तिक । विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग र त्रियुगा नगरपालिका वडा नम्बर ८ को आयोजनामा त्रियुगा नगरपालिका वडा नंं ८ स्थित दनुवार सामुदायिक भवनमा दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

स्थानिय वडाबासीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै वडा कार्यालयको अनुरोधमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका मुटु रोग विशेषज्ञ सहितको चिकित्सा टोलीद्वारा मुटु रोग सम्बन्धि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

कार्तिक २० गते सोमबार एक कार्यक्रमका विच त्रियुगा नगरपालिका नगर प्रमुख बसन्तकुमार बस्नेतले उद्घाटन गरेकाे शिविरमा त्रियुगा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष राजकुमार राउत लगायतका पदाधिकारीले मन्तव्य राख्दै नाेबेलले जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गरेकाेमा धन्यवाद दिए ।

शिविरमा मुटु सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुसान्त कटुवाल, डा. दिपकराज वराल र डा. निशा याक्सो सहितको टोलीले ३२५ जनाको स्वास्थ्य परीक्षण गरेकोमा ११७ जना महिला र १२८ जना पुरुष बिरामीहरु रहेका थिए । उक्त अवसरमा ३२५ जना बिरामीको निःशुल्क इकोकार्डियोग्राम र ७० जनाको ई. सि. जि. गरिएको थियो ।

नोवेलले मुटु रोगीहरुलाई स्थानिय स्तर मै निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा दिने उद्देश्यले विभिन्न स्थानहरुमा मुटु रोग विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।

माेरङ क्षेत्र नं. ३ का संघीय सांसद समेत रहेका नाेबेलका सञ्चालक डा. सुनिल कुमार शर्माले जनतालाई घरघरमा स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविर चलाएका हुन् । नाेवेलकाे स्वास्थ्य शिविरबाट गाउँगाउँमा रहेका गरिब, असहाय, विपन्न, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लाभान्वित भइरहेका छन् ।















0 प्रतिकृया