Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


चाडपर्वहरुले सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्छः सांसद भगबती चौधरी

एक्सन खबर
मंसिर, ४, २०८०


चाडपर्वहरुले सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्छः सांसद भगबती चौधरी

सुनसरी, ४ मंसिर । नेकपा एमालेकी सांसद भगबती चौधरीले सामाजिक रुपमा आपसी सद्भाव, भाइचारा र सहिष्णुता कायम गर्न चाडपर्वहरुको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् । तिहार तथा छठ पर्वको अवसरमा गृह जिल्ला सुनसरी पुगेकी सांसद चौधरीले तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा सहभागिता जनाउँदै हाम्रा चाडपर्व, संस्कार संस्कृतिले मुलुकको पहिचान बोकेकोले तीनको संरक्षणमा सबैले आ–आफ्ना स्थानबाट योगदान पुर्याउनु पर्ने बताइन् ।

इटहरी उपमहानगरपालिका छठ पर्व समितिले आयोजना गरेको छठ पर्व समापन समारोहमा सहभागी हुँदै चौधरीले धर्म संस्कार र संस्कृतिको जगेर्नामा राज्यले विशेष ध्यान दिनुपर्ने बताउँदै चौधरीले नेपाल जस्तो विविध धर्म, संम्प्रदाय र समुदायविच सामाजिक सद्भाव, आपसी एकता र मित्रताले नै मुलुकको विकास हुन सक्नेपनि बताइन् । ‘जातिय विभेद, बैमनस्यता, धार्मिक, सांस्कृतिक विभेदहरुले मुलुकको विकासमा टेवा दिँदैन । नेपाल जस्तो अनेकतामा एकता भएको विशिष्ट मुलुक विश्वमा छैन । अनेक जातिविचको यो एकता र सद्भावलाई कायम राख्नु हामी सबैको दायित्व हो ।’ तिहार, नेपाल सम्वत र छठ पर्वको शुभकामना दिँदै चौधरीले भनिन् ।

गृह जिल्लामा भएका बेला आफ्ना क्षेत्रका जनताका सुखः दुःखमा सहभागी हुने चौधरीले चाडपर्वमा आयोजित विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा समेत सहभागी हुँदै नेपालको मौलिकता र पहिचानलाई जीवन्त बनाउन समुदाय र खासगरी नयाँ पुस्ताहरुको सहभागितालाई प्रशंसा गर्दै जनताको सेवा गर्नु नै आफ्नो मुख्य लक्ष्य रहेको पनि बताइन् । ‘यहाँहरुको समस्या समाधानमा लाग्नु, यो क्षेत्रको विकासमा खटिनु वाहेक मेरो अन्य स्वार्थ छैन । यो क्षेत्रलाई समृद्ध बनाउने अभियानमा म निरन्तर लागि रहनेछु ।’ चौधरीले भनिन् ।

चौधरीले गृह जिल्लाको दुहवी नगरपालिका, इटहरी उपमहानगरपालिका, गढी तथा बर्जु गाउँपालिकामा आयोजित दिपावली, छठका सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउँदै जनतासँगै छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अध्र्य दिएकी थिइन् ।

सांसद चौधरीसँगै प्रदेश सभाका सांसद मिना श्रेष्ठ, रामदेब यादव, गढी गाउँपालिका, बर्जु गाउँपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।




















1 प्रतिकृया
Raju
Raju

1

2
2 years ago

Very good