सर्दुजलाधारकाे फैसला धरानबासीकाे पक्षमा हुनुपर्ने माग सहित प्रदर्शन
एक्सन खबर
धरान, १३ मंसिर । सर्दु जलाधार क्षेत्र तथा धरान भित्रका विभिन्न मुद्दाकाे विषयमा भाेलि मङ्सिर १४ गते सर्वोच्च अदालतले गर्ने फैसलाको विषय लाई लिएर धरान नगर प्रमुखको पक्ष्यमा रहेकाहरूले खबरदारी गरेका छन् । धरान जनसराेकार मञ्च र स्वतन्त्र नागरिक समाजको संयुक्त आयोजनामा भानुचोकमा बुधबार अपराह्न सर्दुजलाधारकाे विषयमा विराेध कार्यक्रम गरे ।
खबरदारी कार्यक्रम जनसरोकार नेपालका कार्यवाहक अध्यक्ष हस्तराज राईकाे अध्यक्षता तथा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क राज राई (साम्पाङ)काे प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्वतन्त्र नागरिक समाजका सदस्य किसान श्रेष्ठ, बुद्धिजीवी, स्थानीय बासिन्दा, पत्रकार, लगाएत करिब ७०/८० जनाकाे उपस्थिति रहेको थियो । ‘धरानकाे मुटु जलाधार क्षेत्र बचाऔं, धरानकाे मुटु सर्दु जलाधारलाई चलायमान राखाैं, धरानबासिकाे खानेपानीकाे मुहान बचाऔं, सट्टाभर्ना पाईसकेकालाई कार्वाही गर, भू-माफिया हाेसियार, माैलिक हक अधिकारकाे सुनिश्चित गर, दाेषीलाई कडा भन्दा कडा कार्वाही गर’ लगायत लेखिएका प्लेकार्ड सहित उपस्थितहरूले सर्दुजलाधारकाे पक्षमा नारा समेत लगाए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका धरान नगरप्रमुख हर्कराज राईले सर्दु जलाधार बचाउनकाे लागि स्थानीय सरकार नै सडकमा आएकाे बताए । उनले जलाधार संरक्षणका पक्षमा धरान बासिकाे आवाजकाे प्रतिनिधित्व गरेकाे बताउँदै भाेली सर्वाेच्च अदालतले गर्ने फैसला धरानबासीकाे हितकाे पक्षमा हुनुपर्ने बताए ।
0 प्रतिकृया