Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


१८ औं डिपो कपः उद्धघाटन खेलमा हिमशिखर तरहरा विजयी

एक्सन खबर
मंसिर, १५, २०८०


१८ औं डिपो कपः उद्धघाटन खेलमा हिमशिखर तरहरा विजयी

धरान, १५ मंसिर । धरानस्थित डिपो स्कुलको आयोजनामा शुक्रबारदेखि सुरु भएको १८ औं ललित अम्वर डिपो कपको उद्धघाटन खेलमा हिमशिखर स्कुल तरहरा विजयी भएको छ ।अत्यन्त्य प्रतिस्पर्धात्मक खेलमा हिमशिखरले आयोजक डिपो स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै अगाडि बढेको हाे ।

खेलमा पहिलो हाफको १८ औं मिनेटमा हिमशिखरका मन्जिल श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि निर्धारित समयसम्म दुबै तर्फ कुनै गोल हुन सकेन । खेलको म्यान अफ द म्याच डिपो स्कुलका स्पन्दन राई घोषित भए । डिपो कपको पहिलो चरणमा पराजित टिमले दिल बहादुर प्लेट च्याम्पियन प्रतियोगिता खेल्नेछ ।

प्रतियोगिताका विजेताले नगद ११ हजार १ सय ११ रुपैंया, उपविजेताले ७ हजार १ सय ११ र तेस्रो हुनेले ५ हजार १ सय ११ रुपैंया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी, हाइस्कोरर र प्रत्येक खेलका म्यान अफ द म्याचले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

जिल्ला स्तरिय प्रतियोगितामा याे पटक धरानका १२ र धरान वाहिरका ४  गरी १६ विद्यालयले सहभागिता जनाएका छन् । मंसिर २२ गते सम्म चल्ने प्रतियाेगिताकाे उद्धघाटन एन्फा कोशी प्रदेश अध्यक्ष किशोर राईले गरेका थिए ।














0 प्रतिकृया