सपाेर्ट लघुवित्तकाे प्रमुख कार्यकारी अधिकृतमा चाैधरी
एक्सन खबर
काठमाडाैं, १७ मंसिर । महेश कुमार चौधरी सपोर्ट लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले चौधरीलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
चाैधरीसँग अन्तराष्ट्रीय गैर सरकारी संस्थाहरुमा ३ बर्ष, अध्यापन क्षेत्रमा ५ बर्ष, संयुक्त राष्ट्र संघको नेपाल स्थित विश्व स्वास्थ्य संगठनमा फिल्ड लेखा तथा प्रशासनमा ७ बर्ष र लघुवित्त क्षेत्रमा व्यवस्थापकिय श्रेणीबाट प्रवेश गरी नायव प्रमुख कार्यकारी अधिकत पदसम्म १० बर्ष कार्य गरेको अनुभव रहेको छ ।
फाइनान्समा एम.वी.ए. सम्मको अध्ययन पूरा गरेका चाैधरीसम्ग बैंक तथा वित्तीय क्षेत्रमा व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गरेकाे अनुभव छ ।
0 प्रतिकृया