Follow us:


Follow us

७ माघ २०८१, सोमवार
७ माघ २०८१, सोमवार


विधानसभा निर्वाचन: सत्ताधारी भाजपाको तीन राज्यमा बहुमत, कंग्रेस झनै कमजाेर

एक्सन खबर
मंसिर, १८, २०८०




विधानसभा निर्वाचन: सत्ताधारी भाजपाको तीन राज्यमा बहुमत, कंग्रेस झनै कमजाेर

काठमाडौं, १८ मंसिर । विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले स्पष्ट बहुमत ल्याएको छ । भारतको तीनवटा विधानसभा निर्वाचनमा नरेन्द्र माेदीकाे भाजपाले स्पष्ट बहुमत हासिल गरेर २०२४ मा पुनः नरेन्द्र माेदी तेश्राे कार्यकालका लागि प्रधानमन्त्री बन्ने संकेत देखाएकाे छ ।

भारतीय निर्वाचन आयोगका अनुसार मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भाजपा विजयी भएको हो । तेलंगनामा भने राजिव गान्धिकाे कंग्रेस आईले स्पष्ट बहुमत हासिल गरेर सरकार बनाउने भएकाे छ ।

बहुमतका लागि ११६ सिट आवश्यक पर्ने मध्य प्रदेशमा कुल २३० सिटमध्ये भाजपाले १६४ सिट जितेर कंग्रेस आईलाई ६५ सिटमा खुम्च्यायाे । कुल १९९ सिटकाे राजस्थानमा भाजपाले ११५ सिटमा जित हात पार्दा कंग्रेस आईले ६९ सिट हासिल गरेकाे छ ।

​छत्तीसगढमा कुल ९० सिटमध्ये भाजपाले ५४ र कंग्रेस आईले ३५ सिट जितेको भारतीय निर्वाचन आयोगले जनाएकाे छ । तेलंगनामा भने कुल ११९ सिटमध्ये कंग्रेस आईले ६४, भारत राष्ट्र पार्टीले ३९ र भाजपाले आठ सिट जितेको छ । अल इन्डिया मजलिस–ई–इत्तेहादुल मुस्लिमिनले ८ सिट जितेको छ ।

यी तीन राज्यमा विजयी भएसँगै सत्तारुढ भाजपाले देशको १२ राज्यहरूमा आफ्नै सरकार बनाउने भएको छ । राजस्थान र छत्तीसगढमा पराजयपछि दोस्रो ठूलो राजनीतिक दल कांग्रेसको हातमा तीन राज्य मात्रै रहनेछ ।

दिल्ली र पञ्जाबमा सरकार चलाउने आम आदमी पार्टी तेस्रो शक्ति बनेको छ । सत्तारुढ पार्टी हाल उत्तराखण्ड, हरियाणा, उत्तर प्रदेश, गुजरात, गोवा, असम, त्रिपुरा, मणिपुर, अरुणाचल प्रदेश र मध्य प्रदेशमा सत्तामा छ ।

एक वर्षपछि भारतमा लोकसभा चुनाव हुँदैछ । लोकसभाले संघीय सरकार बनाउँछ ।













0 प्रतिकृया