Follow us:


Follow us

६ जेठ २०८३, बुधवार
६ जेठ २०८३, बुधवार


मानव अधिकारकाे सम्मान गर्न र पालन गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री

एक्सन खबर
मंसिर, २४, २०८०


मानव अधिकारकाे सम्मान गर्न र पालन गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री

काठमाडाैं । मानव अधिकार संस्कृतिको विकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । प्रत्येक व्यक्तिको जीवन, मर्यादा, समानता, स्वतन्त्रताका साथै मानव अधिकारको सम्मानका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीकाे भनाइ छ ।

७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले सरकार मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन गरी मानव अधिकार संस्कृतिको विकास गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।

जलवायु परिवर्तन, दिगो विकास, प्राकृतिक विपदहरू, आर्थिक तथा सामाजिक अधिकारहरुको संरक्षण र प्रवद्र्धन गर्ने रणनीति तय गरी कार्यान्वयनमा एकजुट भएर काम गर्न पनि सन्देशमा उल्लेख गरिएकाे छ ।

नेपाली समाजमा जरा गाडेर बसेको जातिय, क्षेत्रीय, लैंगिक तथा परम्परागत विभेदका कारणहरुलाई सम्बोधन गर्न नेपालको संविधानमा ३१ वटा मौलिक हकको व्यवस्था भए बमोजिम कानून बनाई मानव अधिकारको प्रत्याभूति दिलाउन र नेपालले अनुमोदन गरेका मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिवद्धताहरू पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशिल रहेको उनको भनाइ छ ।  

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् १९४८ को डिसेम्बर १० अर्थात् आजकै दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको दिनलाई विश्व समुदायले मानव अधिकारको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउँदै आएको छ । नेपालमा पनि मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइन्छ ।













0 प्रतिकृया