Follow us:


Follow us

३ कार्तिक २०८३, सोमवार
३ कार्तिक २०८३, सोमवार


चाँंगुनारायण नगरपालिकाको सुविधा सम्पन्न भवन निर्माण

एक्सन खबर
मंसिर, २९, २०८०


चाँंगुनारायण नगरपालिकाको सुविधा सम्पन्न भवन निर्माण

काठमाडाैं । भक्तपुरको चाँंगुनारायण नगरपालिकाको सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएकाे छ । नवनिर्मित भवनकाे शुक्रबार नगर प्रमुख जीवन खत्रीले उदघाटन गर्दै नगरबासीलाइ सहज रूपमा सेवा प्रवाह गर्न भवन उपयाेगी हुने बताए ।

चाँंगुनारायण नगरपालिका वडा नं ५ छालिंग घुमाउने खरिपाटीमा निर्माण गरिएकाे भवन २१ रोपनी तीन आना क्षेत्रफलमा बनेको छ । करिब ३२ करोड ७३ लाखमा निर्मित भवन बनाउन जिल्ला समन्वय समिति भक्तपुरबाट तीन करोडसँगै केन्द्र सरकारबाट पनि बजेट प्राप्त भएको जनाइएको छ । भवन निर्माणका लागि बाँंकी रकम नगरपालिकाकै श्राेतमा विनियाेजन गरिएकाे छ ।

भवन उदघाटन कार्यक्रममा नगरपालिकाका उपप्रमुख रमेश वुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत चुरामनी पन्थी, चाँंगुनारायण नगरपालिका वडा नं १ देखि ९ सम्मकै वडा अध्यक्ष लगायत नगरका समाजसेवी, विशिष्ट व्यक्तिहरुकाे सहभागीता रहेकाे थियाे ।














0 प्रतिकृया