Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


उर्लाबारीमा नोवेलको मुटुरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
मंसिर, २९, २०८०


उर्लाबारीमा नोवेलको मुटुरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले माेरङकाे उर्लाबारीमा एकदिने निःशुल्क मुटु राेगकाे शिविर सञ्चालन गरेकाे छ ।  सामुदायिक विकास मञ्च, उर्लाबारी ६ को आयोजनामा बिहीबार उर्लाबारी ६ स्थित महारुद्र शिवालय मन्दिरको प्राङ्गणमा एक दिवसिय निःशुल्क मुटु रोग परीक्षण तथा उपचार शिविर सञ्चालन गरिएकाे हाे ।

शिविरमा हस्पिटलका मुटुरोग विशेषज्ञ डा. सुशान्त कटुवाल नेतृत्वको मुटु विभागका चिकित्सक सहितको स्वास्थ्य टोलीले स्वास्थ्य उपचार सेवा प्रदान गरेको नाेवेलले जनाएकाे छ । स्वास्थ्य शिविरमा ११५ जना पुरुष र १७० जना महिला गरी २८५ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । उक्त क्रममा २८५ जना विरामीको निःशुल्क इकोकार्डियोग्राम, ई. सि. जि. गरिएको छ ।

नोवेलले विभिन्न संघ संस्थाहरुको समन्वयमा विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । स्वस्थ मुटु स्वस्थ जीवन भन्ने नाराका साथ मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट हजारौ विरामीहरुले निःशुल्क परीक्षण र उपचार सेवा लिई सकेका छन् ।

नाेवेलका सञ्चालक हाल संघीय सांसद डा. सुनिलकुमार शर्माले जनतालाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरकाे थालनी गरेका हुन् । डा. शर्माकाे याे अभियानबाट अहिलेसम्म हज्जाराैं सर्वसाधारण जनता लाभान्वित भइसकेका छन् ।
















0 प्रतिकृया