Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


चीनमा ६.२ म्याग्निच्युडको भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु

एक्सन खबर
पौष, ३, २०८०


चीनमा ६.२ म्याग्निच्युडको भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु

काठमाडौं । चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ । नेपाली समयअनुसार आज बिहान २ बजे उत्तरी चीनमा भूकम्प जाँदा सय बढीकाे मृत्यु र दुई सय भन्दा बढी घाइते छन् ।

कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका छन् । छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएका छन् ।

भूकम्पले यातायात, सञ्चार, विद्युत र कतिपय स्थानमा पानीको आपूर्ति पनि बन्द भएकाे छ । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक जाडो रहेकाले स्थानीय समस्यामा परेका छन् । चिनीयाँ सरकारले उद्दार,राहत र स्वास्थ्याेपचारका कार्यहरू अगाडी बढाइसकेकाे छ ।













0 प्रतिकृया