Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


चार्ल्स विश्वविद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु २४ घाइते

एक्सन खबर
पौष, ६, २०८०


चार्ल्स विश्वविद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु २४ घाइते

काठमाडौं । चार्ल्स युनिभर्सिटीमा एक व्यक्तिको गोली प्रहारबाट १४ जनाको मृत्यु भएको छ । घटनामा २४ जना घाइते भएका छन् । चेक गणराज्यको राजधानी प्रागस्थित चार्ल्स युनिभर्सिटीमा एक २४ वर्षीय विद्यार्थीले गोली चलाएका थिए । उनकाे पनि सुरक्षाकर्मीको कारबाहीमा मृत्यु भएकाे छ ।

बिहीबार मानविकी संकायका २४ वर्षीय विद्यार्थीले अन्धाधुन्द गोली चलाएकाे समाचार एजेन्सी रोयटर्सले जनाएकाे छ । गोली चलेपछि मानिसहरुको भागदौड मच्चिँदा कतिपय छतबाट पनि हामफालेका थिए । चेक गणराज्यका राष्ट्रपति पिटर पावेलले विश्वविद्यालय क्षेत्रमा गोली चलेको घटनाबाट आफू स्तब्ध भएको बताउँदै मृतक परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

चेक रिपब्लिकमा बन्दुकधारीको आक्रमण भइरहनु सामान्य जस्तै भएकाे छ चेक रिपब्लिकको स्वतन्त्रतापछि यो हालसम्मकै घातक आक्रमणका रूपमा याे घटनालाइ लिइएकाे छ । यसअघि सन् २०१५ मा एक रेष्टुरेन्टमा गोली चल्दा आठ जनाको ज्यान गएको थियो ।













0 प्रतिकृया