Follow us:


Follow us

३१ असार २०८३, बुधवार
३१ असार २०८३, बुधवार


‘प्रधानमन्त्री, अर्थमन्त्री व्यक्ति हैन संस्था हाे त्यहाँकाे वेथितिका विरूद्ध बाेलेकाे हुँ’ सांसद सुनिल शर्मा

एक्सन खबर
पौष, ६, २०८०


‘प्रधानमन्त्री, अर्थमन्त्री व्यक्ति हैन संस्था हाे त्यहाँकाे वेथितिका विरूद्ध बाेलेकाे हुँ’ सांसद सुनिल शर्मा

तुलसीपुर । सरकारकाे स्पष्ट नीति नहुँदा नेपालमा रहेका मेडिकल कलेजहरु बन्द हुने अवस्थामा पुग्न लागेको नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद डाक्टर सुनिल शर्माले बताएका छन् । रिपोर्टर्स क्लव दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै माेरङ ३ का सांसद डा. शर्माले मेडिकल शिक्षाका सवालमा राज्यकाे स्पष्ट नीति नभएकाे जिकीर गरे ।  

सरकारको स्पष्ट नीति नहुँदा देशभरका मेडिकल कलेज बन्द हुने अवस्थामा पुग्न लागेको उनले भने, ‘सबै कलेजको शेयर विक्री भई सकेको छ, सञ्चालकहरुले पनि ९० प्रतिशत कलेज किनवेच गरि सकेका छन् । जिम्मेवार पदमा बसेका नेताको व्यक्तिगत स्वार्थका कारण शिक्षा र स्वास्थ्य क्षेत्र तहस नहस भएको छ ।’  वार्षिक ३० हजार बढी विद्यार्थीहरु डाक्टर पढनका लागि विदेश जाँदा राज्यलाइ ठूलाे घाटा भइरहेकाे पनि बताए ।

निःशुल्क स्वास्थ्य शिविर लिएर लुम्विनी प्रदेश पुगेका डा. शर्माले दाङको चार लेन सडकको अवस्था नाजुक बन्दासमेत साे क्षेत्रका नेताहरु चुप लागेर बस्नु लाजमर्दो कुरा भएको तर्क गर्दै पहुँचको भरमा भन्दा पनि आवश्यकताको सिद्धान्तको हिसावले बजेट बाडँफाट गर्न सुझाव दिए ।

सत्तामा रहेका नेताहरुले आफ्नो क्षेत्रमा मात्र बजेट विनियोजन गर्ने गरेको प्रति आपत्ति जनाउँदै सांसद शर्माले दुरदराजका जनताकाे बाच्न पाउँने अधिकार सुनिश्चित हुनुपर्छ भन्ने अभियानमा आफु लागेकोले याे अभियानमा सबैको सहकार्य र सहयोग आवश्यक रहेको बताए । सरकारले जनताको शिक्षा र स्वास्थ्यमा विशेष चासो दिनुपर्छ भन्दै नागरीकहरुको जिवनशैली फेरीनुपर्ने भन्दै जिवनस्तर परिवर्तन हुने काम गर्न डा. शर्माकाे सरकारलाई सुझाव छ ।

यस्तै, आफुले सरकारका विक्रिति, विसंगतीका विरुद्ध बोलेको बताउँदै डा. शर्माले कुनै व्यक्ति विशेषका विरुद्ध नबोलेको प्रष्ट्याए । ‘हामीले जनता प्रति देश प्रति जति सकिन्छ इमान्दार भएर बोल्ने भन्ने हो मेरो दृष्टिकोण । जनताले मत दिएर विस्वास गरेर ऐन नियम कानुन बनाउन पठाएको हो । अहिले विशेषतः हेर्दाखेरी तपाईहरुलाई सुनिल शर्मा प्रधानमन्त्री प्रचण्डका विरुद्धमा बोल्या छ प्रकाशशरणका विरुद्धमा बोल्यो भन्ने लाग्ला, उहाँहरु व्यक्ति हैन संस्था हो । प्रधानमन्त्री अर्थमन्त्री व्यक्ति हैन । उहाँहरुले गर्ने बेथितिका विरुद्धमा बोलेको हो ।’ प्रधानमन्त्री, अर्थमन्त्रीकै संलग्नता नभइकन एयरपोर्टबाट टनका टन सुन भित्रिन नसक्ने भन्दै उनले भने ।













0 प्रतिकृया