Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी एमालेलाई समेट्ने सत्ता गठबन्धनकाे तयारीमा शेखर काेइरालाकाे व्यंग्य

एक्सन खबर
पौष, १९, २०८०


राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी एमालेलाई समेट्ने सत्ता गठबन्धनकाे तयारीमा शेखर काेइरालाकाे व्यंग्य

काठमाडाैं । राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि समेट्न सत्ता गठबन्धनभित्र छलफल भइरहँदा गठबन्धनकाे मुख्य दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भने व्यंग्य गरेका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता डा. कोइरालाले नेकपा माओवादी केन्द्र तथा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डविरुद्ध व्यंग्य गर्दै संक्रमणकालीन न्याय (टीआरसी) विधेयक पास गराउन र ‘विभिन्न काण्डबाट बच्न’ एमालेलाई राष्ट्रिय सभामा भाग दिन खोजिएको टिप्पणी गरेका हुन् ।  

‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन्’, नेता कोइरालाले ट्विट गरेका छन्, ‘कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले?’

बालुवाटारमा बुधबार बसेको सत्ताघटक चार दलको बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रिय सभामा एमालेलाई पनि समेटेर जानेबारे अन्य दलको धारणा मागेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँगको कुराकानीमा राष्ट्रिय सभामा एमालेलाई नएक्ल्याउन आग्रह गरेको उनको बिफ्रिङ थियो ।

राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको संयुक्त बैठक आज फेरि बस्दैछ । हिजाे बुधबार बेलुकाको छलफल टुंगोमा पुग्न नसकेपछि बिहीबार बिहान ९ बजे फेरि बैठक बस्न लागेको हाे ।













0 प्रतिकृया