Follow us:


Follow us

१८ वैशाख २०८१, मङ्गलवार
१८ वैशाख २०८१, मङ्गलवार


भक्तपुरको गठ्ठाघरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
माघ, १८, २०८०


भक्तपुरको गठ्ठाघरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तरगत देशका विभिन्न क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आएको काठमाडौं मेडिकल कलेजले भक्तपुरको गठ्ठाघरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

केएमसीले अर्बिट सेकेण्डरी स्कुल र सगीना बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५६३ जनाको स्वास्थ्य जाँच गरिएको छ । शिविरमा ८७ जनाको इसिजी, १०३ जनाको ल्याब परीक्षण, ९८ जनाको भिडियो एक्सरे तथा १३ जनाको दाँत खोलिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

शिविरमा आएका मध्ये २७ जनालाई स्वास्थ्य जाँच पश्चात थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ । रेफर गरिएका बिरामीहरुको उपचारमा केएमसीले अप्रेसन, स्वास्थ्य जाँच, बेड चार्ज लगायतमा छुटहरु समेत प्रदान गर्नेछ । शिविरमा स्त्री रोग, बाल रोग, जनरल सर्जरी, नाक कान घाँटी, नसा तथा हाडजोर्नी लगायतका सेवाहरु दिइएको छ ।

केएमसीको स्वास्थ्य सेवालाई आम नागरिकको घरदैलोमै पुर्याउने अभिप्रायले तत्कालिन कार्यकारी अध्यक्ष डा. सुनिलकुमार शर्माले निःशुल्क स्वास्थ्य शिविरको सुरुवात गरेका थिए । उनी प्रतिनिधि सभामा निर्वाचित भएर राजनीति र समाजसेवामा सक्रियता जनाउँदै गर्दा केएमसीले डा. शर्माको अभियानलाई निरन्तरता दिँदै आएको छ ।
















0 प्रतिकृया