क्यानडामाथि नेपालको रोमाञ्चक जितमा कप्तान राेहित नायक
काठमाडाैं । कप्तान राहित पाैडेलकाे उत्कृष्ट बलिङकाे सहयाेगमा नेपाल- क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले रोमाञ्चक जित दर्ता गरेकाे छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्दा खेलका नायक भए कप्तान पाैडेल ।
नेपालले दिएको २२५ रनको सामान्य लक्ष्य पछ्याएको क्याडना ४७.५ ओभरमा २१७ रनमा अलआउट हुँदा राेहितले चार विकेट लिए । रोहितले ८.५ ओभरमा २ मेडन राख्दा २२ रन मात्र खर्चिएर चार विकेट लिएपछि जितकाे लक्ष्यमा रहेकाे क्यानडा धर्मरायाे ।
क्यानडाका लागि निकोलास किर्टन र पर्गत सिंहले अर्धशतक प्रहार गरे । पर्गतले ५० रन जोड्ने क्रममा निकोलास किर्टनसँग ७९ रनको साझेदारी गरे । त्यसपछि हर्ष थाकेरलाई ३२ रन जोड्दा निकोलाससँग चौथो विकेट विकेटका लागि ६० रनको साझेदारी गरे । पवन सर्राफबाट बोल्ड हुनुअघि निकाेलासले ९९ बलमा ७ चौका प्रहार गरे ।
नेपालले ४४ ओभरको अन्तिम बल र ४५ ओभरको दोस्रो बलमा विकेट लिँदै तीन बलको अन्तरमा दुई विकेट लिएपछि क्यानडा धर्मराएकाे हाे । क्यानडाका उदय भगवानलाई रोहितले ६ रनमा बोल्ड गरे । तीन बलपछि ललित राजवंशीले क्यानडाका साद बीन जोफरलाई एलबिडब्लूको धरापमा पारे ।
ललित राजवंशीले डिलोन हेलिङ्गरलाई नवौं विकेटको रुपमा २ रनमा एलबिडब्लूको धरापमा पारेपछि ६ रन बनाएका क्याडनाका इश्वर सोधीलाई कप्तान रोहितले ४७.५ ओभरमा शून्यमा बोल्ड गर्दा नेपालले रोमाञ्चक जित हासिल गर्नुअघि क्याडनाका आरोन जोनसन २० रन र नवनीत धलिवाल ६ रनमा आउट भए ।
रिजन ढकालले डेब्यू खेलमै धलिवाललाई आसिफ शेखबाट क्याच गराए । सोमपालले जोनसनलाई एलबिडब्लूको धरापमा पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको अर्धशतकमा ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन जोडेकाे थियाे । खेलमा कुशलले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रन जोडे ।
अर्का ओपनर आसिफ शेख र कप्तान रोहितकुमार पौडेलले समान ८-८ रनमै पेभिलियन फर्के । भीम सार्की १७ रन र कुशल मल्ल २० रनमा आउट भए । आरिफ शेखले ३८ रन बनाउँदा ५० बलमा ४ चौका प्रहार गरे । पवन सर्राफ १५ रनमा क्यानडाका शाहिद अहमजाइको एलबिडब्लूको धरापमा परे ।
सोमपाल कामीले महत्वपूर्ण २७ रनबताउँदा ४९ ओभरको पाँचौं बलमा आउट हुनुअघि २३ बलमा १ चौका र २ छक्का प्रहार गरे । रिजन ढकाल अन्तिम ओभरमा ४ रनमा आउट हुँदा एक दिवसीय डेब्यू सूर्य तामाङ १० रनमा नटआउट रहे ।
बलिङमा क्यानडाका उदय भगवानले ३ विकेट लिँदा इश्वर सोधी र साद विन जाफरले २-२ विकेट लिन सफल भए । अब नेपालले दोस्रो खेल शनिबार र अन्तिम खेल सोमबार खेल्नेछ ।
फागुन पहिलो साता आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि नेपालले क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो ।
0 प्रतिकृया