Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


राप्ती प्रतिष्ठानको रजिष्ट्रारमा प्राध्यापक श्याम लम्साल नियुक्त

एक्सन खबर
फागुन, २२, २०८०


राप्ती प्रतिष्ठानको रजिष्ट्रारमा प्राध्यापक श्याम लम्साल नियुक्त

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा प्राध्यापक श्याम लम्साल नियुक्त भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक लम्साललाई स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले नियुक्त गरेका हुन् ।

लम्साललाई प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेको सिफारिसमा रजिष्ट्रार नियुक्त गरिएको हो । लम्सालले मंगलबारबाट नै कार्यभार सम्हालेका छन् । उनीसँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको संस्थापक रजिष्ट्रार, कार्यवाहक उपकुलपतिको कार्यानुभव छ ।

लम्साल वीपी प्रतिष्ठानको स्थायी प्राध्यापक हुन् ।













0 प्रतिकृया