Follow us:


Follow us

७ माघ २०८१, सोमवार
७ माघ २०८१, सोमवार


सांसद सुनिल शर्मा नेतृत्वको स्वास्थ्य शिविर तनहुँको भिमादमा (फोटो फिचर)

एक्सन खबर
चैत, २८, २०८०




सांसद सुनिल शर्मा नेतृत्वको स्वास्थ्य शिविर तनहुँको भिमादमा (फोटो फिचर)

काठमाडौं । स्वास्थ्यकर्मीको टोलीसहित गण्डकी प्रदेशको भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डाक्टर सुनिलकुमार शर्मा तनहुँको भिमादमा आइपुगेका छन् । निःशुल्क स्वास्थ्य शिविरको टोली लिएर प्रदेशका विभिन्न जिल्ला भ्रमणमा निस्किएका डा. शर्माको टोली तनहुँको भिमादमा आइपुगेको हो ।

भिमाद ६ जनज्योति माध्यामिक विद्यालयमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १३५० जना बिरामीको स्वास्थ्य जाँच गरिएको काठमाडौं मेडिकल कलेजका जनरल मेनेजर नारायण दाहालले जानकारी दिएका छन् । शिविरमा ९७ जनाको इसिजी, २१० जनाको ल्याब परीक्षण, २१० जनाको भिडियो एक्सरे, ८५ जनाको इको तथा ६५ जनाको दाँत खोलिएको छ । शिविरमा आएका मध्ये ५५ जनालाई थप उपचारका लागि ओ.टी. समेत रेफर गरिएको जनरल मेनेजर दाहालले जनाए ।

शिविरमा केएमसीका विषेशज्ञ चिकित्सकहरुले नाक कान घाँटी, स्त्री तथा प्रसुति, बाल रोग, नसा तथा हाडजोर्नी, जनरल मेडिसिन, दन्त रोग लगायतको सेवा दिएका थिए ।

शिविरको नेपाली कांग्रेसका नेता डा. शर्माले उद्घाटन गर्दै गरिब, विपन्न जनताको स्वास्थ्य संवेदनशिलता प्रति राज्य जिम्मेवार नभएपनि निजी क्षेत्रबाट आफुले सक्दो प्रयास गरेको बताउँदै निःशुल्क स्वास्थ्य शिविरलाई देशव्यापी बनाउने बताए । ‘शिक्षा र स्वास्थ्य जस्तो संविधान प्रदत्त मौलिक अधिकार जनताका घरदैलोमा पुर्याउन राज्य असफल भएको छ । तथापि, निजी क्षेत्रबाट हामी लागि परेका छौं ।’ सांसद शर्माले भने ।

नेपाली कांग्रेस तनहुँ सभापति समेत रहेका जनज्योति क्याम्पस अध्यक्ष जित प्रकाश आले मगरको सभापतित्वमा सम्पन्न शिविरको उद्घाटनमा खोटाङ पुर्वसभापति सुभास पोखरेल, तरुण दल केन्द्रीय सदस्य राजिब लामिछाने लगायत वडाध्यक्ष र सामाजिक व्यक्तित्वहरु सहभागी रहेका थिए ।


















0 प्रतिकृया