Follow us:


Follow us

२० असार २०८३, शनिवार
२० असार २०८३, शनिवार


सांसद सुनिल शर्मा नेतृत्वको स्वास्थ्य शिविर तनहुँको भिमादमा (फोटो फिचर)

एक्सन खबर
चैत, २८, २०८०


सांसद सुनिल शर्मा नेतृत्वको स्वास्थ्य शिविर तनहुँको भिमादमा (फोटो फिचर)

काठमाडौं । स्वास्थ्यकर्मीको टोलीसहित गण्डकी प्रदेशको भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डाक्टर सुनिलकुमार शर्मा तनहुँको भिमादमा आइपुगेका छन् । निःशुल्क स्वास्थ्य शिविरको टोली लिएर प्रदेशका विभिन्न जिल्ला भ्रमणमा निस्किएका डा. शर्माको टोली तनहुँको भिमादमा आइपुगेको हो ।

भिमाद ६ जनज्योति माध्यामिक विद्यालयमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १३५० जना बिरामीको स्वास्थ्य जाँच गरिएको काठमाडौं मेडिकल कलेजका जनरल मेनेजर नारायण दाहालले जानकारी दिएका छन् । शिविरमा ९७ जनाको इसिजी, २१० जनाको ल्याब परीक्षण, २१० जनाको भिडियो एक्सरे, ८५ जनाको इको तथा ६५ जनाको दाँत खोलिएको छ । शिविरमा आएका मध्ये ५५ जनालाई थप उपचारका लागि ओ.टी. समेत रेफर गरिएको जनरल मेनेजर दाहालले जनाए ।

शिविरमा केएमसीका विषेशज्ञ चिकित्सकहरुले नाक कान घाँटी, स्त्री तथा प्रसुति, बाल रोग, नसा तथा हाडजोर्नी, जनरल मेडिसिन, दन्त रोग लगायतको सेवा दिएका थिए ।

शिविरको नेपाली कांग्रेसका नेता डा. शर्माले उद्घाटन गर्दै गरिब, विपन्न जनताको स्वास्थ्य संवेदनशिलता प्रति राज्य जिम्मेवार नभएपनि निजी क्षेत्रबाट आफुले सक्दो प्रयास गरेको बताउँदै निःशुल्क स्वास्थ्य शिविरलाई देशव्यापी बनाउने बताए । ‘शिक्षा र स्वास्थ्य जस्तो संविधान प्रदत्त मौलिक अधिकार जनताका घरदैलोमा पुर्याउन राज्य असफल भएको छ । तथापि, निजी क्षेत्रबाट हामी लागि परेका छौं ।’ सांसद शर्माले भने ।

नेपाली कांग्रेस तनहुँ सभापति समेत रहेका जनज्योति क्याम्पस अध्यक्ष जित प्रकाश आले मगरको सभापतित्वमा सम्पन्न शिविरको उद्घाटनमा खोटाङ पुर्वसभापति सुभास पोखरेल, तरुण दल केन्द्रीय सदस्य राजिब लामिछाने लगायत वडाध्यक्ष र सामाजिक व्यक्तित्वहरु सहभागी रहेका थिए ।


















0 प्रतिकृया