Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


धरान सरोकार समाजको अध्यक्षमा चन्द्र घिमिरे

एक्सन खबर
बैशाख, १६, २०८१


धरान सरोकार समाजको अध्यक्षमा चन्द्र घिमिरे

काठमाडाैं । काठमाडौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान सरोकार समाजको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव चन्द्र घिमिरे निर्वाचित भएका छन् । काठमाडौं स्थित प्रज्ञा कुञ्ज स्कूलमा भएको साधारण सभाले उनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

समितिको उपाध्यक्षमा लामो समय शहरी विकास विभागमा काम गरी निवृत्त भएका डा. महेन्द्र सुब्बा निर्वाचित भएका छन् । त्यसैगरि महासचिवमा राजेन्द्र रिमाल चयन भएका छन् उनी हाल नाट्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष हुन् ।

त्यस्तै सचिवमा नारायण कार्की, कोषाध्यक्षमा डा. गणेश प्रसाद आचार्य निर्वाचित भएका छन् । सदस्यहरुमा राजेन्द्रकुमार अग्रवाल, सीता न्यौपाने पाठक, सूर्य राई, भीम ज्वाला राई, सन्दीप भण्डारी र शुभेच्छा अधिकारी श्रेष्ठ निर्वाचित भएका छन् ।

समितिका नारायण कार्की शिक्षण र यातायात व्यवसाय क्षेत्रका हुन् भने कोषाध्यक्ष डा. गणेश प्रसाद आचार्य विभिन्न अन्तराष्ट्रिय गैससमा करीब ३० वर्ष सेवारत रहेर निवृत्त भएका हुन् । त्यस्तै राजेन्द्र अग्रवाल व्यवसायी, सीता पाठक वरिष्ठ सौन्दर्यकर्मी, सूर्य राई मेटलाईफ ईन्स्युरेन्सका प्रमुख, भीम ज्वाला राई नेपाल मजदुर संगठनका केन्द्रीय अध्यक्ष, सन्दीप भण्डारी भर्खरै निवृत्त भएका नेपाल प्रहरीका एआईजी हुन् भने शुभेच्छा अधिकारी व्यवसायी तथा विकासकर्मी हुन् ।

त्यसअघि सम्पन्न उदघाटन समारोहमा प्रमुख अतिथि पूर्व मन्त्री तथा धरानका प्रतिनिधि सभा सदस्य अशोक कुमार राईले धरानको विकासमा धरान सरोकार समाजले पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

त्यसैगरि वरिष्ठ अधिवक्ता हरिहर दाहालले धरानेको नाममा विभाजित भएर हैन एकत्रित भएर अघि बढ्न सुझाव दिए । कार्यक्रममा युएन वुमनकी पूर्व प्रमुख शरु जोशीले प्रभु प्रसाद श्रेष्ठको योगदानको चर्चा गरेकी थिईन् ।

सभामा महासचिवको अनुपस्थितिमा कार्यवाहक सचिव राजेन्द्र रिमालले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष विजया राई श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा काठमाडौंमा बसोबास रहेका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।














0 प्रतिकृया