Follow us:


Follow us

३ चैत २०८१, सोमवार
३ चैत २०८१, सोमवार


पेट्रोल र डिजेल र मट्टितेलको मूल्य घट्याे

एक्सन खबर
जेठ, १८, २०८१




पेट्रोल र डिजेल र मट्टितेलको मूल्य घट्याे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य घटाएकाे छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएकाे छ ।

नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर र डिजेल र मट्टितेलको १५३ रुपैयाँ प्रतिलिटर पर्नेछ । नयाँ मूल्यसूची राति १२ बजेपछि लागू हुनेछ ।

सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर जाेडेपनि भारतबाट कम मूल्यमा आयात भएका कारण नेपाली बजारमा मूल्य घटेको हो ।














0 प्रतिकृया