Follow us:


Follow us

३ चैत २०८१, सोमवार
३ चैत २०८१, सोमवार


रामेछापमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरमा बिरामीको घुईंचो

एक्सन खबर
असार, ४, २०८१




रामेछापमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरमा बिरामीको घुईंचो

काठमाडौं । सांसद सुनिलकुमार शर्माले रामेछापमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट एकै दिन ११ सय ५५ जना सर्वसाधारण लाभान्वित भएका छन् । रामेछापको गोकुल गंगा गाउँपालिका स्वास्थ्य शाखासँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा एकैदिन ११ सय ५५ जनाको स्वास्थ्य जाँच गरिएको छ । 

गाउँमै सांसद शर्माको विशेषज्ञ स्वास्थ्य टोली आएको थाहा पाएपछि स्वास्थ्य जाँच गराउन बिरामीको घुईंचो लागेको थियो । गोकुल गंगा अस्पतालमा आयोजित स्वास्थ्य शिविरमा ८९ जना बिरामीको इसिजी, १०७ जनाको ल्याब परीक्षण, १४५ जनाको भिडियो एक्सरे गरिएको काठमाडौं मेडिकल कलेजका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा आएका मध्ये ३१ जनाको दाँत खोलिएको थियो भने, शिविरबाट थप उपचारका लागि ४२ जना बिरामीलाई ओ.टी. रेफर गरिएको थियो । 

शिविर नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डाक्टर सुनिलकुमार शर्माले सञ्चालन गरेका हुन् । दूरदराजमा रहेका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले सञ्चालन हुँदै आएको निःशुल्क स्वास्थ्य शिविरबाट महिला, बालबालिका, ज्येष्ठ नागरिक, अशक्त, असहाय बढी लाभान्वित भइरहेका छन् । 

शिविरबाट ओ.टी. रेफर गरिएका बिरामीहरुलाई विशेषज्ञ चिकित्सकबाट उपचार गर्ने प्रबन्ध मिलाइएको छ । राजनीति, स्वास्थ्य सेवा र समाज सेवालाई एक साथ अगाडी बढाउँदै आएका सांसद शर्माले निःशुल्क स्वास्थ्य सेवालाई अझ प्रभावकारी र गाउँगाउँ पुर्याउने बताएका छन् । 














0 प्रतिकृया