Follow us:


Follow us

६ फागुन २०८१, मङ्गलवार
६ फागुन २०८१, मङ्गलवार


कपनमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
असार, १५, २०८१




कपनमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । प्रतिनिधि सभा सांसद सुनिल कुमार शर्माले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर काठमाडौंको कपनमा सञ्चालन गरिएको छ । कपनको पैयाटार आकाशदेवी बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६१३ जना बिरामीको स्वास्थ्य जाँच गरिएको छ ।

काठमाडौं मेडिकल कलेजका चिकित्सकहरुले शिविरमा बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा ८९ जनाको इसिजी, १०४ जनाको ल्याब परीक्षण, ९७ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा २५ जनाको दाँत खोलिएको थियो भने थप उपचारका लागि २७ जनालाई ओ.टी. रेफर गरिएको थियो । शिविरमा जनरल मेडिकल, प्रसुति तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया, छाला रोग, हाडजोर्नी तथा नसा रोग, आँखा रोग, दन्त रोगका विशेषज्ञ चिकित्सकहरुले सेवा दिएका थिए ।

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शर्माले स्वास्थ्य सेवालाई जनस्तरमा पुर्याउनका लागि निःशुल्क स्वास्थ्य शिविर चलाएका हुन् । हालसम्म डा. शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट देशभर लाखौं जनता लाभान्वित भइरहेका छन् ।
















0 प्रतिकृया