Follow us:


Follow us

६ फागुन २०८१, मङ्गलवार
६ फागुन २०८१, मङ्गलवार


काभ्रेको पाँचखालमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
असार, २१, २०८१




काभ्रेको पाँचखालमा सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । स्वास्थ्य सेवामा जनताको पहुँच स्थापित गर्ने लक्ष्य अनुरुप नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल कुमार शर्माले सञ्चालन गर्दै आइरहेको निःशुल्क स्वास्थ्य शिविर काभ्रेको पाँचखाल पुगेको छ । काठमाडौं मेडिकल कलेजका दक्ष तथा अनुभवी चिकित्सकहरुले सेवा दिएको निःशुल्क स्वास्थ्य शिविरबाट ५५५ जना बिरामी लाभाािन्वत भए ।

पाँचखाल नगरपालिका वडा नम्बर २ सँगको सहकार्यमा झक्रमदेवी माविमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६५ जनाको इसिजी, ८८ जनाको भिडियो एक्सरे, ३१ जनाको ल्याब परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा १८ जनाको दाँत निकालिएको र ४२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ । रेफर गरिएका बिरामीले केएमसीका उपचार गराए उपचार शुल्कमा छुट समेत दिईने गरिएको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत मोरङ क्षेत्र नं. ३ का सांसद डा. सुनिल कुमार शर्माले देशभर निःशुल्क स्वास्थ्य शिविर चलाई रहेका छन् । डा. शर्माले सञ्चालन गरेको शिविरबाट लाखौं गरिब, विपन्न, असहाय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बढी लाभान्वित भएका छन् । शिविरमा बाल रोग, स्त्री रोग, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी, दन्त रोग, आँखा रोग लगायतका सेवाहरु दिइने गरिएको छ ।














0 प्रतिकृया