यी हुन् कुलमान घिसिङको तीन वर्षे उपलब्धि (पूर्णपाठ सहित)
एक्सन खबर
काठमाडौं । लाेडसेडिङकाे अध्याराेबाट मुलुकलाई मुक्त गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तीन वर्षमा गरेको उपलब्धि सार्वजनिक गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले विद्युतीकरणका लागि प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो लगानी गरेको बताउँदै विद्युत उत्पादन र वितरणमा प्रभावकारी काम भइरहेकाे जिकीर गरे ।
उनले प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब रूपैयाँबाट उकालो लागेको र साे तथ्य महालेखा परीक्षकको कार्यालयबाट गरिएको अडिटबाटै खुलेकाे दावी गरे । साथै उनले प्राधिकरणले विद्युत महसुल घटाएर पनि नाफा कमाएको जिकीर गरेका छन् ।
प्रतिव्यक्ति ऊर्जा खपत १ सय ३१ युनिटबाट बढेर ४ सय युनिट पुगेको कार्यकारी निर्देशक घिसिङकाे दावी छ । पछिल्लो ८ वर्षमा उल्लेखनीय वित्तीय सफलता हासिल गरेको भन्दै उनले यो अवधिमा करिब ८२ अर्ब रूपैयाँ नाफा कमाएको जानकारी दिए । आर्थिक वर्ष २०७२/७३ मा प्राधिकरण ३५ अर्ब सञ्चित घाटामा रहेकोमा अहिले ४७ अर्ब सञ्चित नाफामा रहेको उनकाे जिकीर छ ।
तीन वर्ष अघि प्राधिकरणभित्रको सुशासन, वित्तीय अवस्थाको थप सुधार, भरपर्दो र गुणस्तरीय आपूर्ति गर्न आफुले जीवनकै ठूलाे चुनाैति उठाएर आएकाे र साेही अनुसार काम गरेकाे घिसिङकाे भनाइ छ ।
२०७२/७३ मा ५३ प्रतिशत मात्रै विद्युतीकरण पुगेकोमा अहिले ९९ प्रतिशत पुगेको बताउँदै उनले तीन वर्षअघि विद्युतका ग्राहकको संख्या २९ लाख मात्रै रहेकोमा अहिले बढेर ५९ लाख पुगेको जानकारी दिए ।
ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष २०७८/७९ र आव २०७९/८० मा क्रमश: ९४.२३ र ९.९४ प्रतिशत अंक प्राप्त भएको र आर्थिक वर्ष ०८०/०८१ काे अडिट भइरहेकाे पनि उनले जनाए ।
हेर्नुहाेस् घिसिङकाे ३ वर्षकाे प्रगति विवरण
0 प्रतिकृया