Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट ५४१ बिरामी लाभान्वित

एक्सन खबर
साउन, २५, २०८१


सांसद सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरबाट ५४१ बिरामी लाभान्वित

काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्माद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ५४१ बिरामी लाभान्वित भएका छन् । सांसद शर्माको स्वास्थ्य टोलीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १०, कपनमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५४१ जना बिरामीले स्वास्थ्य जाँच गराए । 

स्वास्थ्य शिविर सांसद शर्माले काठमाडौं मेडिकल कलेजले न्यूसे क्राफ्टसँगको सहकार्यमा सञ्चालन गर्नुभएको हो । शिविरमा आएका मध्ये ७५ जनाको इसिजी, ८८ जनाको ल्याब परीक्षण, ९७ जनाको भिडियो एक्सरे गरिएको काठमाडौं मेडिकल कलेजका अस्पताल प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिए । शिविरमा २२ जनाको दाँत खोलिएको थियो भने, २७ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको थियो । 

सांसद शर्माले आम नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्न देशव्यापी रुपमा निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आइरहनुभएको छ । शिविरबाट मुख्य रुपमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब, असहायहरुले फाइदा लिइरहेका छन् । शिविरमा केएमसीका विशेषज्ञ डाक्टरहरुले नाक कान घाँटी, आँखा रोग, दन्त रोग, बाल रोग, स्त्री तथा प्रसुति, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी सम्बन्धी सेवाहरु दिने गरेका छन् । 















0 प्रतिकृया