Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


कटुञ्जेमा सांसद शर्माको निःशुल्क शिविरबाट ४७८ जना लाभान्वित

एक्सन खबर
भदौ, १४, २०८१


कटुञ्जेमा सांसद शर्माको निःशुल्क शिविरबाट ४७८ जना लाभान्वित

काठमाडौं । सांसद डाक्टर सुनिल कुमार शर्माको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरको सुर्यविनायक नगरपालिकाको कटुञ्जेमा सञ्चालन गरिएको छ । काठमाडौं मेडिकल कलेजका चिकित्सकहरुले सुर्यविनायक नगरपालिका ५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । 

शिविरमा ४७८ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ७२ जनाको भिडियो एक्सरे, ५८ जनाको इसिजी, ९८ जनाको ल्याब परीक्षण गरिएको थियो । साथै, शिविरमा १८ जनाको दाँत खोलिएको थियो भने, शिविरबाट स्वास्थ्य परीक्षण पश्चात २३ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको थियो । 

शिविरमा केएमसीका विशेषज्ञ चिकित्सकहरुले जनरल मेडिकल, स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नसा रोग, छाला रोग, नाक कान घाँटी रोग, आँखा रोग, दन्त रोग, शल्यक्रिया सर्जरी लगायतका सेवाहरु दिएका थिए । 

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शर्माले आम नागरिकलाई सर्वसुलभ र घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ स्वास्थ्य शिविर चलाउँदै आएका छन् । उनको स्वास्थ्य शिविरबाट देशभरका लाखौं जनता लाभान्वित भइसकेका छन् ।  

















0 प्रतिकृया