Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


केएमसीमा दुर्लभ दाेहाेराे एन्युरिज्मकाे सफलतापूर्वक शल्यक्रिया (भिडियाे सहित)

एक्सन खबर
भदौ, १७, २०८१


केएमसीमा दुर्लभ दाेहाेराे एन्युरिज्मकाे सफलतापूर्वक शल्यक्रिया (भिडियाे सहित)

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्मा नेतृत्वकाे काठमाडौं मेडिकल कलेज (केएमसी) मा सफलतापूर्वक दुर्लभ शल्यक्रिया गरिएकाे छ । केएमसीका वरिष्ट न्यूराे सर्जन प्रा.डा. अमित थापा नेतृत्वले सिराहाकी ६८ वर्षीया महिलाकाे मस्तिष्कमा रहेकाे दोहोरो एन्युरिज्मको दुर्लभ र जटिल शल्यक्रिया सफलतापूर्वक गरेकाे हाे । 

केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार सिराहाकी ६८ वर्षीया उषा दमाईलाई मस्तिष्कमा दोहोरो एन्युरिज्मले गम्भिर समस्या उत्पन्न भएको थियो । एन्युरिज्मकै कारण उनकाे मस्तिष्कमा गम्भिर रक्तश्वाव भएपछि छोरीले साउन ३१ गते तत्काल उपचारका लागि केएमसीमा ल्याएकी थिइन् । 'यहाँ ल्याइपुर्याउँदा उहाँकाे अवस्था अत्यन्त नाजूक थियाे । रक्तश्राव भएकाे थियाे । तत्कालै हाम्राे विशेषज्ञ चिकित्सक टोलीले मस्तिष्कको सानो भागमा शल्यक्रिया गरेर दुवै एन्युरिज्मलाई सफलतापूर्वक बाँध्न सफल भएपछि उहाँकाे ज्यान बच्याे ।' केएमसीका प्रबन्धक एवम् प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए । 



केएमसीकाे अत्याधुनिक प्रविधि सहित दक्ष चिकित्सकबाट मस्तिष्ककाे शल्यक्रिया पश्चात केही घण्टा पछि नै बिरामी उषा दमाईले स्वास्थ्य लाभ पाउनुभएकाे थियाे । उहाँकाे रक्तस्रावको कारण मस्तिष्कको तरल निकासी प्रणाली अवरुद्ध भएकोमा त्यसलाई पनि समाधान गर्न एक हप्तापछि स्थायी जल निकासी प्रणालीको स्थापना गरिएकाे थियाे । 

हाल बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको र उहाँ स्वतन्त्र रूपमा खाना खान र दैनिक गतिविधिहरू गर्न सक्षम भइसकेकाे केएमसीले जनाएकाे छ । 'केएमसीमा ल्याइपुर्याउँदा नै उहाँकाे स्वास्थ्यवस्था गम्भिर भइसकेकाे थियाे । हामीले तत्कालै शल्यक्रिया गर्याैं । अहिले उहाँकाे स्वास्थ्यमा उल्लेखनीय सुधार भइसकेकाे छ । हामी उहाँको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौँ ।'  प्रा.डा. थापाले भन्नुभयाे । 

यता बिरामीका छोरी र ज्वाइँले केएमसीले अपनाएकाे नविनतम स्वास्थ्य प्रविधि र दक्ष चिकित्सककै कारण आमाकाे ज्यान बचेकाे बताउनु भयाे । 'आमालाई ज्युँदो लिएर जान पाउने होइन कि भन्ने त्रास थियाे । यहाँका चिकित्सकहरूले आमालाई बचाउन ठूलाे भूमिका खेल्नुभयाे त्यसका लागि ह्दयदेखि नै धन्यवाद दिन्छाैं ।'

केएमसीले पछिल्लाे समय स्वास्थ्य सेवा तर्फ ठूलाे फड्काे मार्दै गइरहेकाे छ । स्वास्थ्य क्षेत्रमा पछिल्लाे समय भित्रिएका नविनतम उपलब्धिहरू भित्रर्याउँदै केएमसीले वरिष्ट र अनुभवी चिकित्सकहरूकाे व्यवस्थापन गरेकाे छ । केएमसीलाई अत्याधुनिक बनाउन नेपाली कांग्रेसका प्रभावशाली सांसद समेत रहेका डा. सुनिलकुमार शर्माले महत्वपूर्ण भूमिका निर्वाह  गर्नुभएकाे छ । 













0 प्रतिकृया