Follow us:


Follow us

२० भदौ २०८३, शनिवार
२० भदौ २०८३, शनिवार


भंगालमा सांसद सुनिल शर्माकाे निःशुल्क स्वास्थ्य शिविर

एक्सन खबर
भदौ, २१, २०८१


भंगालमा सांसद सुनिल शर्माकाे निःशुल्क स्वास्थ्य शिविर

काठमाडाैं । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको स्वास्थ्य टाेलीले काठमाडाैंकाे तल्लाे भंगालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकाे छ । काठमाडौँ मेडिकल कलेज (केएमसी) को स्वास्थ्य टोलीले तल्लो भंगालमा सञ्चालन गरेकाे निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय २८ जना बिरामी लाभान्वित भए । 

नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिका वडा ८ कार्यसमितिको पहल तथा काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा अनिता मिलन इन्टरनेशनल एकेडेमीमा भएको शिविरबाट ४२८ बिरामी लाभान्वित भएकाे केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

शिविरमा ९६ जनाको भिडियो एक्सरे, ६७ जनाको ईसीजी, ८४ जनाको ल्याब परीक्षण गरिएको थियो । २३ जनाको दाँत निकाल्दा बिरामीमध्ये २८ जनालाई थप उपचारका लागि केएमसी रेफर गरिएको छ । 

नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहेका सांसद शर्माले जनतालाई सर्वसुलभ रूपमा स्वास्थ्य उपचार दिने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् । डा. शर्माकाे निःशुल्क स्वास्थ्य शिविरबाट लाखाैं जनता लाभान्वित भएका छन् । 













0 प्रतिकृया