जनयुद्धमा लागेका माओवादीका पूर्वनेता एग्रो टुरिजम तिर
एक्सन खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रिय सदस्य माधब थापा (भुपेन्द्र) ले राजनीति त्यागेर एग्रो टुरिजम ब्यवसाय थालेको २ बर्ष भयो । उनले पार नलाग्ने भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका लागि व्यवसाय रोजेको बताए । उनले भने ‘विगतमा पनि कुनै कालखण्डमा मैले रिर्सोट सञ्चालनमा होमिएको थिएँ, केही अनुभव पनि थिए, अहिले एग्रो टुरिजम थालेको छु’ ।
उनले आफुले देशको लागि जनयुद्धमा लडेको र मुलुकको पछिल्ला परिवर्तनमा सकेको योगदान दिएको बताए । ‘तर मैले राजनीतिमा रगत, पसिना र जवानी बगाएपनि ब्यक्तिगत कुनै खालको अवसर पाइँन । सधैँ अरुको भर्याङ हुनुभन्दा कुनै व्यवसाय गरेर आफु सहित अरुलाई पनि रोजगारी दिउँ, राज्यलाई कर तिरेर सहयोग गरौं र नयाँ पिढीँलाई देशमै केही गर्न सकिन्छ भन्ने देखाउन सकुँ भन्नका लागि ऋणपान गरेर ब्यवसाय थालेको हुँ ।’ उनले भने ।
थापाले भक्तपुरको खरीपाटीस्थीत मुहानपोखरीमा (नगरकोट जाने उकालो) मा ‘कृषिमा क्रान्ति, नेपालको सम्बृद्धि’ नारा दिएर कृषि, पशुपालन र होटललाई एकैठाउँ जोडेर एकान्त एग्रो रिर्सोट थालेका हुन् । त्यसकारण उनको एकान्त एग्रो रिर्सोट रिर्सोट मात्र नभएर अग्र्यानिक कृषि फार्म समेत हो । जहाँ अहिले १६ वटा दुध दिने गाई छन् । जसले करिव २०० लिटर दैनिक दुध दिइरहेका छन् । बस्न, खान आउने पाहुनाहरुको माग पुरा गर्न दर्जनौं हाँस, सयौं लोकल कुखुरा पालिएको छ । एक सय बढी टर्कि र एक सय हाराहारी नै कालिज पालिएको छ । माछाका दुई पोखरी छन् । जहाँ फिसिङ्ग गर्न पाइने व्यवस्था छ ।
करिव २३ रोपनी क्षेत्रफलमा सुरु गरिएको एग्रो रिर्सोटमा हालसम्म २ करोड २२ लाख लगानी भइसकेको थापाले बताए । छिट्टै उद्घाटन गर्ने लक्ष्य बनाएका माधब थापाले रिर्सोट निर्माणको काम करिब सक्किएको पनि बताए । रिर्सोट सञ्चालनमा आइसकेपनि केही संरचना निर्माणाधिन छन् । राजधानीबाट नजिकै नगरकोटको फेदीमा रहेको उनको रिर्सोट तथा फार्म हाउस नेपालको हकमा उदाहरणीय र नमुना हुने उनको भनाइ छ ।
पारिवारीक वातावरणमा होमस्टे बस्न मिल्ने, आफैले इच्छा अनुसार दाउराको आगोमा पकाएर खान पनि मिल्ने, फार्ममा रहेको गाई आफैंले दुन चाहे दोयर दुध खान सकिने, लोकल कुखुराको अण्डा–मासु आफैले टिपेर तथा बनाएर खान मिल्ने, आफनै बारीमा उत्पादित सागसब्जी, चामल, खान पाइने, देशभरका अग्र्यानिक उत्पादनहरुको उपलब्धता भएको, कुखुरा–हाँस–टर्की–कालिज–लोकल माछा, खसी जस्ता सबै खालका लोकल चीजहरुको रिससोर्टमा उपलब्ध छ । त्यसैगरी जुम्लाको मार्सी चामल, सिमि, फापरको ढिँडो, कोदो, मकै लगायत अर्गानिक खानेकुरा रिर्सोटमा पाइने उनले बताए ।
रिसोर्टबाट अहिले दैनिक ४०–५० हजारको ब्यापार हुन थालेको छ । उनले रिर्सोटमा ८–१० जनालाई रोजगारी पनि दिएका छन् । उनको सो रिर्सोटमा सुविधा सम्पन्न रेष्टुरेन्ट समेत छ । त्यसैगरी आगामी दिनमा चिल्र्डेन पार्क, टिकटक केन्द्र तथा होमस्टेका लागि ऐतिहासिक कलाशैलीले बनेका छुट्टाछुट्टै माटाका घर र पढ्ने लेख्नेहरुका लागि लाइबेरी समेत बनाउने उनको योजना छ ।
अहिलेको राजनीति घृणित भएको, नेताहरु भ्रष्ट्राचारमा लागेको र आफुहरु जस्ता मानिसलाई किनारामा पारिएको कारण राजनीति छोडेको उनले सुनाए । आधा उमेर राजनीतिमा गएपनि बाँकी जीवन कृषि पर्यटनको क्षेत्रमा सर्मपित भएर लाग्ने उनको अठोट छ ।
0 प्रतिकृया