Follow us:


Follow us

१८ भदौ २०८३, बिहिवार
१८ भदौ २०८३, बिहिवार


सर्लाहीमा सांसद शुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर, ६९५ जनाको उपचार

एक्सन खबर
असोज, २, २०८१


सर्लाहीमा सांसद शुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविर, ६९५ जनाको उपचार

काठमाडौं । सांसद डाक्टर सुनिलकुमार शर्मा नेतृत्वको निःशुल्क स्वास्थ्य शिविर टोलीले सर्लाहीको बलरामा सयौं बिरामीको उपचार गरेको छ । नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी सहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न हिँडेका डा. शर्माको टोलीले सर्लाहीको बलरामा ६९५ जना बिरामीको स्वास्थ्य जाँच गरेको हो । 

शिविरमा १०३ जनाको इसिजी, ११७ जनाको ल्याब परीक्षण, ८७ जनाको भिडियो एक्सरे र ८७ जनाको इको गरिएको काठमाडौं मेडिकल कलेज (केएमसी) का प्रमुख प्रशासकीय अधिकृत तथा प्रबन्धक नारायण दाहालले जानकारी दिए । शिविरबाट ८४ जना बिरामीलाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ । रेफर गरिएका बिरामीहरुलाई केएमसीले निःशुल्क उपचार गरिदिने तथा विराटनगरको नोवेल शिक्षण अस्पतालले ५० प्रतिशत छुट गरिदिने प्रबन्ध गरिएको छ । 

निःशुल्क स्वास्थ्य शिविरको प्रमुख अतिथी सांसद सुनिल कुमार शर्मा थिए । उनले राज्यले दुरदराजमा रहेका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न नसकिरहेको अवस्थामा नीजि पहलबाट आफुले थोरै भएपनि राहत हुन्छ भनेर निःशुल्क स्वास्थ्य शिविर चलाउँदै आएको बताए । शिविरमा आएका गम्भिर प्रकारका गरिब विपन्न नागरिकलाई थप उपचार र शल्यक्रियाका लागि प्रबन्ध गरिएको जानकारी दिँदै डा. शर्माले आफू आम नागरिकको सेवामा तल्लिन रहेको बताए ।

शिविरमा बलरा नगरपालिकाका मेयर राम शंकर कुसवाहाको सभापतित्वमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा पूर्वप्रमुख जिल्ला अधिकारी कमलेश्वर साह, डा. सुनिलकुमार यादवले डा. शर्माको पुन्य कामबाट लाखौं जनताले सेवा पाएको भन्दै प्रशंसा गरे । सांसद डा.शर्माले सर्लाहीमा ५ दिनसम्म विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको छ । 




















0 प्रतिकृया