Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


सर्लाहीको कौडेनामा सांसद शर्माको निःशुल्क स्वास्थ्य शिविर, १२०१ जना लाभान्वित

एक्सन खबर
असोज, ३, २०८१


सर्लाहीको कौडेनामा सांसद शर्माको निःशुल्क स्वास्थ्य शिविर, १२०१ जना लाभान्वित

काठमाडौं । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्माद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १२०१ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । सर्लाहीको कौडेना गाउँपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा एकैदिन १२०१ जना बिरामीले स्वास्थ्य सेवा पाए । 

शिविरमा सो क्षेत्रका महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब विपन्न नागरिकको बाक्लो उपस्थिति रहेको थियो । शिविरमा १०७ जनाको इसिजी, ११७ जनाको ल्याब परीक्षण, २४७ जनाको भिडियो एक्सरे र ७० जनाको इको गरिएको केएमसीका प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिए । शिविरबाट १२१ जनालाई थप उपचारका लागि ओटी रेफर गरिएको छ । रेफर गरिएका बिरामीहरुलाई काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार गरिने र नोवेल मेडिकल कलेज विराटनगरमा ५० प्रतिशत शुल्कमा उपचार गरिने व्यवस्था गरिएको छ ।

काठमाडौं मेडिकल कलेज र नोवेल मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरुले सेवा दिएको शिविर उद्घाटनमा नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्णा यादव प्रमुख अतिथी रहेका थिए । उनले सो अवसरमा बोल्दै सांसद शर्माले गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर ल्याएर राज्यले गर्न नसकेको काम गरेकोमा प्रशंसा गरे । समाज सेवा र राजनीति सँगसँगै लिएर अगाडी बढेका सांसद शर्मा जस्ता व्यक्तिहरुको कारण नै मानवता रहेको उल्लेख गर्दै स्वास्थ्य सेवा पाउने जनताको अधिकारलाई संरक्षण गर्न सांसद शर्माको योगदान रहने उल्लेख गरे ।  

कार्यक्रममा विशिष्ट अतिथीका रुपमा रहेका मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिल यादवले मधेशका जनतालाई स्वास्थ्य सेवा दिन सांसद शर्माले खेल्नुभएको भूमिकाप्रति धन्यवाद दिँदै प्रदेश सरकार पनि सहकार्य गरेर अगाडी बढ्न तयार रहेको बताए । मधेश प्रदेशकै श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायले पनि डा. शर्माको मुक्तकण्ठले प्रशंसा गरे । 

शिविरमा बोल्दै सांसद शर्माले जनतालाई घरदैलोमै विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यटोली बाट सेवा दिने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविर चलाइएको बताए । उनले शिविरबाट ओ.टी. रेफर गरिएका बिरामीहरुको लागि काठमाडौं मेडिकल कलेज र विराटनगरको नोवेल मेडिकल कलेजमा उपचारको व्यवस्था गरिएको पनि बताए ।

डा. शर्मा सर्लाहीका विभिन्न पालिकाहरुमा निःशुल्क स्वास्थ्य शिविर चलाउन आफैं सक्रिय भएर लागेका छन् । एक सातासम्म सर्लाहीमा उनको स्वास्थ्य शिविर चल्ने बताइएको छ । 























0 प्रतिकृया