सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
एक्सन खबर
काठमाडाैं । सहकारीमा देखिएका विकृति विसंगति पहिचान र अध्ययन गर्न गठित सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । शुक्रबार प्रतिनिधि सभाको वेबसाइटमा नेकपा (एमाले) का सांसद सुर्यबहादुर थापा सभापतित्वकाे समितिले छानविन गरेकाे उक्त प्रतिवेदन प्रकाशन गरिएको हो ।
प्रतिवेदनले सहकारीका बचत रकम अपलचनमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहितलाई कारबाही सिफारिस गरेको छ । सात सदस्यीय समितिले गत भदौ ३१ गते प्रतिनिधि सभामा सहकारीसम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।
सोही दिन सभामुख देवराज घिमिरेले प्रतिवेदन सरकारलाई पठाउन निर्देशन दिएकाेमा असोज २ गतेको मन्त्रिपरिषद बैठकले सहकारीसम्बन्धी प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।
नेपाली कांग्रेसले सहकारी बचत अपचलनमा लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेपछि जेठ १५ गते उक्त समिति बनेको थियो ।समितिले तीन महिनाभन्दा लामो समय अध्ययन र छानबिन गरी प्रतिवेदन तयार पारेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तत्कालिन गाेर्खा मिडिया प्रा.लिका प्रबन्ध निर्देशकका सम्बन्धमा अध्ययन अनुसन्धान गरेकाे छ ।
हेर्नुहाेस् प्रतिवेदन
0 प्रतिकृया