Follow us:


Follow us

२ कार्तिक २०८३, आइतवार
२ कार्तिक २०८३, आइतवार


सांसद सुनिल शर्माकाे निःशुल्क स्वास्थ्य शिविर सर्लाहीकाे बरहथवामाः १७ सय बढीकाे उपचार

एक्सन खबर
असोज, ६, २०८१


सांसद सुनिल शर्माकाे निःशुल्क स्वास्थ्य शिविर सर्लाहीकाे बरहथवामाः १७ सय बढीकाे उपचार

काठमाडौं । सांसद सुनिलकुमार शर्माको निःशुल्क स्वास्थ्य शिविर टोलीले सर्लाहीको बरथहवामा १७७५ जनाको उपचार गरेको छ । काठमाडौं मेडिकल कलेज र नोवेल शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सक सहित सर्लाहीका विभिन्न पालिकाहरुमा निःशुल्क स्वास्थ्य शिविर चलाईहुनु भएका नेपाली कांग्रेसका सांसद डाक्टर शर्माको स्वास्थ्य शिविरबाट एकैदिन १७७५ जना लाभान्वित भएका हुन् । 

शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब, विपन्न नागरिकको बाक्लो उपस्थिति रहेको थियो । गाउँमै विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य टोली आएको थाहा पाएपछि टाढाटाढाबाट बिरामीहरु उपचारार्थ आएका थिए । शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी, बाल रोग, स्त्री रोग लगायतका सेवाहरु दिइएको थियो । 

बरथहवाको जनता माध्यामिक विद्यालय प्राङ्गणमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १३७ जनाको इसिजी, १३४ जनाको ल्याब परीक्षण, ३१३ जनाको भिडियो एक्सरे, ९३ जनाको इको गरिएको केएमसीका प्रमुख प्रशासकीय अधिकृत तथा प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । शिविरबाट १५९ जनालाई थप उपचार र शल्यक्रियाका लागि रेफर पनि गरिएको छ । दाहालका अनुसार रेफर गरिएका बिरामीहरुलाई केएमसीमा निःशुल्क शल्यक्रिया गरिने र नोवेलमा ५० प्रतिशत शुल्क छुटमा शल्यक्रिया गरिने व्यवस्था गरिएको छ । 

क्षेत्र नम्बर २ ख का प्रदेश सभापति सरोज यादवको सभापतित्वमा भएको शिविरको प्रमुख अतिथीमा मधेश प्रदेश सभापति कृष्णपूसाद यादव रहेका थिए । उद्घाटन कार्यक्रममा प्रमुख अतिथी सहित, सांसद डा शर्मा, मधेसका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय, संविधान सभा सदस्य एवं पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, पूर्व सांसद लक्ष्मण राय र पूर्व सभापति महेन्द्र साहले निःशुल्क स्वास्थ्य शिविरबाट जनताले प्राप्त गरेको स्वास्थ्य सेवाका बारेमा बोलेका थिए । 
















0 प्रतिकृया